TharuExpress
समाचार समाज

वीरगन्जको ड्राइपोर्ट नजिकै मालवाहक ट्रकले ठक्कर दिँदा एक जना बृद्धको मृत्यु

 

वीरगन्ज,२८ असोज : वीरगन्जको ड्राइपोर्ट नजिकै शुक्रबार बिहान मालवाहक ट्रकले ठक्कर दिँदा एक जना बृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ वनकटवा घर भएका ६० वर्षीय विगा राम रहेका छन् ।

वीरगन्जको ड्राईपोर्टबाट परवानीपुर तर्फ जाँदै गरेको ना ३ ख ५७४३ नम्बरको ट्रकले बिहान १० बजे तिर पैदल सडक पार गर्दै गरेका रामलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा मृत्यु भएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

content left

ठक्कर दिने ट्रकका चालक वीरगन्ज महानगरपालिका–१९ बिन्दवासिनी बस्ने सुजित यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्सा क्षेत्र नम्बर ४ (क) को प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार शंकर चौधरी निर्वाचित

थारु एक्सप्रेस

११ जनामा गरीएको पिसिआर परीक्षणमा ५ जनामा संक्रमण पुष्टि

थारु एक्सप्रेस

पत्रकारमाथि दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ पर्साको आपत्ति

थारु एक्सप्रेस