TharuExpress
समाचार

निर्माणाधीन कल्भर्टको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

बीरगंज  साउन १२,
अजित धामी चौधरी
बीरगंज महानगरपालिका–२६, सुगौली बिर्तामा निर्माणाधीन पुल (कल्भर्ट) को खाल्डो मा जमेको पानीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय प्रभु ठाकुरका ५ वर्षीया छोरी पुचकी ठाकुर र ३ वर्षीया छोरी घघरी ठाकुर रहेका छन्।
content left
प्रहरीका अनुसार सोमबार साँझ करिब ४ देखि ५ बजेको समयमा अभिभावकसँगै खेततर्फ गएका तथा घरबाहिर खेलिरहेका बालिकाहरू एकाएक बेपत्ता भएका थिए। बालिकाहरू हराएपछि परिवार र स्थानीयवासीले नजिकका टोल तथा खेतबारीमा खोजी गर्नुका साथै राति नै प्रहरीलाई समेत खबर गरेका थिए।
खोजी गर्ने क्रममा आज (मङ्गलबार) बिहान निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीभित्र दुवै बालिका डुबेको अवस्थामा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। बालिकाहरू कुन परिस्थितिमा खाल्डोसम्म पुगेर डुबे भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एकै परिवारका दुई नाबालक छोरीहरूको अकालमा मृत्यु भएपछि सुगौली बिर्ता गाउँ शोकमग्न बनेको छ। निर्माणाधीन क्षेत्रमा आवश्यक सुरक्षा घेरा वा छेकबार नलगाएकै कारण यो दुर्घटना भएको भन्दै स्थानीयवासीले सम्बन्धित ठेकेदार र निकायको लापरबाहीप्रति कडा आक्रोश र गुनासो व्यक्त गरेका छन्।
प्रतिक्रिया लेख्नुहोस

Related posts

जनता जनार्धन पार्टीको वीरगंजमा घोषणा

थारु एक्सप्रेस

वीरगंज महानगरलाई नौ बैंकद्वारा ९ थान कम्प्युटर सहयोग

थारु एक्सप्रेस

थारु समुदायका मूख्य पर्व माघी खिचडीको अवसरमा जिराभवानी गाँउपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

थारु एक्सप्रेस