TharuExpress
समाचार

पर्सा क्षेत्र नम्बर ४ (क) को प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार शंकर चौधरी निर्वाचित

 

:पर्सा मंसिर ७ / पर्सामा नेपाली काँग्रेसले लगातार दोश्रो जित हात पारेको छ । पर्सा क्षेत्र नम्बर ४ (क) को प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार शंकर चौधरी निर्वाचित भएका हुन् ।

मंगलबार बेलुकी पर्सा ४ (क) को सकिएको मगणनाको अन्तिम परिणाम अनुसार , निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जय प्रकाश थारुलाई १ हजार ७ सय १६ मत अन्तरले पछि पार्दै चौधरी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

content left

चौधरी , दोश्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि २०७४ को निर्वाचनमा पनि यहि प्रदेशसभा क्षेत्रबाट चौधरी निर्वाचित भएका थिए । त्यस बेला पनि चौधरीले थारुलाई नै पराजित गरेका थिए ।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहेका चौधरीले १२ हजार १ सय ५४ मत पाएका हुन् । जसपा–एमालेका साझा उम्मेदवार थारुले भने १० हजार ४ सय ३८ मत मात्रै पाएका छन् ।पराजित थारु , एमालेका जिल्ला अध्यक्ष हुन् । स्वतन्त्र उम्मेदवार वीरेन्द्र यादवले ३ हजार २ सय ३१ मत पाएका छन् ।

यसअघि पर्सा क्षेत्र २ को (क) मा काँग्रेसका श्याम पटेल प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।पर्सा जिल्लामा ४ वटा प्रतिनिधीसभा सदस्य र बाँकी ६ वटा प्रदेशसभा सदस्य पदका लागि भने मतगणना जारी छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

थारु गीत “नैना निहारे “को पहिलो लूक सार्वजनिक …

थारु एक्सप्रेस

छोरीको हत्या गरेको आरोपमा बुवा पक्राउ

थारु एक्सप्रेस

श्याम प्रसाद गुप्ताद्वारा बिर्ता सोमबार घरदैलो कार्यक्रम सम्पन

थारु एक्सप्रेस