TharuExpress
समाचार

पर्सा क्षेत्र नम्बर ४ (क) को प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार शंकर चौधरी निर्वाचित

 

:पर्सा मंसिर ७ / पर्सामा नेपाली काँग्रेसले लगातार दोश्रो जित हात पारेको छ । पर्सा क्षेत्र नम्बर ४ (क) को प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार शंकर चौधरी निर्वाचित भएका हुन् ।

मंगलबार बेलुकी पर्सा ४ (क) को सकिएको मगणनाको अन्तिम परिणाम अनुसार , निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जय प्रकाश थारुलाई १ हजार ७ सय १६ मत अन्तरले पछि पार्दै चौधरी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

content left

चौधरी , दोश्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि २०७४ को निर्वाचनमा पनि यहि प्रदेशसभा क्षेत्रबाट चौधरी निर्वाचित भएका थिए । त्यस बेला पनि चौधरीले थारुलाई नै पराजित गरेका थिए ।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहेका चौधरीले १२ हजार १ सय ५४ मत पाएका हुन् । जसपा–एमालेका साझा उम्मेदवार थारुले भने १० हजार ४ सय ३८ मत मात्रै पाएका छन् ।पराजित थारु , एमालेका जिल्ला अध्यक्ष हुन् । स्वतन्त्र उम्मेदवार वीरेन्द्र यादवले ३ हजार २ सय ३१ मत पाएका छन् ।

यसअघि पर्सा क्षेत्र २ को (क) मा काँग्रेसका श्याम पटेल प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।पर्सा जिल्लामा ४ वटा प्रतिनिधीसभा सदस्य र बाँकी ६ वटा प्रदेशसभा सदस्य पदका लागि भने मतगणना जारी छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइयो कर्फ्यु

थारु एक्सप्रेस

स्वर्गीय कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट अर्जुन चौधरी सम्मानित

थारु एक्सप्रेस

था.क.स. पर्साका नव निर्वाचित पदाधिकारी लियो सपथग्रहण

थारु एक्सप्रेस