TharuExpress
मुख्य समाचार समाज स्थानिय

वीरगन्जमा बच्चा चोर्न आएको आशंकामा तीन भारतीय महिला प्रहरी को नियन्त्रणमा

 

भाद्र    २२ वीरगन्ज : वीरगन्जमा बच्चा चोर्न आएको आशंकामा तीन भारतीय महिलालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् ।

 

वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयाबाट स्थानीयले तीन भारतीय महिलालाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका हुन् ।

content left

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लका अनुसार , बुधबार बिहान ९ बजे तिर बजार छपकैयाका स्थानीय एक व्याक्तिको घरमा छिरेका  ती महिलालाई बच्चा चोर्न आएको आशंकामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

भारत बिहारको पश्चिमी चम्पारण जिल्लाको नरकटीयागन्जको पकडी ढाला घर भएका अन्दाजी ५०/५५ वर्षीया सयरी खातुन , मयरुन नेशा र छतौटी खातुनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको प्रहरी निरीक्षक मल्लले जानकारी दिए ।

स्थानीयले तीनैजना भारतीय महिलाले घरमा छिरेर बच्चा चोर्ने प्रयास गरेको आरोप लगाएपनि उनीहरुले बच्चा चार्ने प्रयास गरेको यथेष्ट प्रमाण भने नभेटिएको प्रहरी निरीक्षक मल्लले बताए ।

वडा प्रहरी कार्यालयको हिरासतमा रहेका तीनैजना महिलाले आफूहरु बच्चा चोर्न नभइ औंठीमा जडान गरिने पत्थर , जन्तर र जडिबुटी बेच्न वीरगन्ज आएको बयान दिएको मल्लले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

चोरी भएको यात्रुवाहक बस आज भेटियो

थारु एक्सप्रेस

मुर्लीमा सञ्चालित विद्यासदन माविकी साबना खातुनद्वारा आत्महत्याको प्रयास

थारु एक्सप्रेस

संगीताले सानो ठेलामा चटपटे र पानीपुरी बेचेर  आफ्नो र बच्चा गुजारा गर्दै

थारु एक्सप्रेस