TharuExpress
मुख्य समाचार

जिराभवानी गाउँपालिकाको अध्यक्ष अनोज चौधरी सर्वसाधारणको संवादमा नआउदा कार्यकक्षमा तालाबन्दी

सेढवा १३ साउन/
पर्साको जिराभवानी गाँउपालिकाको अध्यक्ष अनोज चौधरीको कार्य कक्षामा स्थानीयले ताल्चा लगाएका छन।
जिराभवानी गाउँपालिकाको यूवा तथा सर्वसाधारणहरुले गापा अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी तथा वडाध्यक्षहरुलाई पालिकामा उत्पन्न बिभिन्न समस्या न्यूनिकरणका संवाद गर्न अहवान गरे पनि पालिका अध्यक्ष चौधरी तथा वडाध्यक्षहरु उपस्थित नभएपछि उनको कार्यकक्षमा ताल्चा लगाएका छन। संवादका लागि यूवाहरुले साउन ४ गते पालिकामा प्रस्ताव दर्ता गराएका यूवा कृष्ण चौधरीले बताए। प्रस्तावमा सावन १३ गते बुधबारको दिन तोकिएको थियो। तर पालिका अध्यक्ष अनोज चौधरी तथा अन्य वडाध्यक्षहरुको उपस्थिति नहुँदा संवादका लागि आएका सर्वसाधारणले अध्यक्ष चौधरीको कार्यकक्ष ताल्चा लगाएका यूवा कृष्ण चौधरीले बताए। संवाद नभएसम्म अध्यक्ष चौधरीको कार्यकक्षको ताल्चा नखोल्ने स्थानीयको भनाई रहेको छ।
जिराभवानी गाउँपालिकाभित्र रहेका विभिन्न सार्वजनिक विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, सामाजिक सुरक्षा लगायतका जनसरोकारका विषयमा गाउँवासीहरूका अनेकौं जिज्ञासा गुनासो तथा समस्याहरू रहेका छन्। यी विषयमा खुल्ला रूपमा प्रश्न उत्तर तथा छलफल गर्न सो संवाद राखिएको गाउँपालिकाबासीहरूले बताएका छन्।
यस सम्बन्धमा जिराभवानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले पालिकामा दर्ता भएको पत्र अनुसार सम्पूर्ण जनप्रतिनिधिहरुलाई जानकारी गराइएको बताए। प्रशासनिक क्षेत्रमा सम्पूर्ण कर्मचारीहरु उपस्थित रहेका तथा जनप्रतिनिधिहरुले कर्मचारीले निर्देशन दिन नमिल्ने प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए। पालिका अध्यक्षको फोन सम्पर्कको माध्यमले दिएको निर्देशन अनुसार अगामी सावन १८ गते सोमवार जनतासंग संवाद गर्ने प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए।

प्रतिक्रिया लेख्नुहोस

Related posts

थारू कल्याणकारिणी सभा ८ औ जिल्ला अधिवेसन सम्पन

थारु एक्सप्रेस

पोखरीमा डुबेर तीन जना भारतीय बालकको ज्यान गयो

थारु एक्सप्रेस

महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटे

थारु एक्सप्रेस