पर्सा पुनम ११ श्रावन ; संगीता चौधरी थारुको घर कल्याणपुर सखुवाप्रसौनि गााउपालिकामा छ । उनि हाल राधेमाइे टोलमा बस्छीन । संगीताकि विवाह भएको २० बर्ष भन्दा बढी भयो । गाउँमा आफ्नो बढी खेत नभएकाले खानमात्र ठिक हुन्थ्यो । संगीताकि दुई छोरा र एक छोरी छन । बचाहरु सानो छदा ठिकै थियो । किन भने त्यो बेला बचाहरुको पढन,लेख्न बेलानभएकोले पढाइमा खर्च थिएन । तर छोरा, छोरी बढदै गयो संगीताको चिनता त्यतिकै बढन थाल्यो । संगीताले सहर जान सपना देखिन थालिन । सहर जानको लागी घर परीवारमा सलाह गरीन् । सहर जानको लाागि संगीता अनुमति पाइन ।
श्रीमान संगै छोरा, छोरी चितवन गइन । चितवनमा गएपछि चटपटे र पानीपुरी बेचन थालिन् । संगीताले सानो ठेलामा चटपटे र पानीपुरी बेचेर आफ्नो बच्चाहरुको गुजारा गर्न थालिन् । उनि १४ बर्ष सम्म चितवनमै चटपटे र पानीपुरी बेचिन । संगीताले कहिले सोचेकि थिएनकि कोरोणा को कारण व्यपार चल्दैन् । फेरी संगीतालाइ छाक टारर्न र बचाहरुलाई पढाउन गारो हुन थाल्यो । संगीताको सपना चितवनमा पुरा नभए पछि पर्साको वीरजंमा आइन । वीरगंजमा पनि उनि आफ्नो बचाहरुलाई राम्रो शिक्षा दिन्छु भनेर फेरी चटपटे र पानीपुरी बेचन थालिन । मैले पढेको छैन् ।
हाम्रो पालोमा खासै गाउघरमा छोरीलाई पढाउथिएन । बढी गरेर घरको काममा लगाउनु हुन्थ्यो । संनगीताले सुनाइन । तर म आफ्नो छोरा, छोरीलाई आफु जस्तो अनपढ बनाउन चाहन् उनि भन्नि । म जस्तै मेरो छोरा, छोरीले चटपटे बनाउनु नपरोस, आफु दुख गरे पनि छोरा, छोरी पढेर राम्रोसंग जीबको पार्जन गर्न सकोस यहि मेरो चहाना छ । संगीताले वीरगंजमा आएपछि बाचाहरुलाई वोडिङ्गस्कुलमा पढाउन थालिन् । तर ६ महिना नबितदै सरकारी स्कुलमा पढाउन थालिन् किनभने श्रीमानको कमाइ र मेरो कमाईले वोडिङ्ग स्कुलको फि धान्न सकिन् । संगीता दैनिक १ हजार भन्दा माथि कमाउछिन ।
तर संगीतालाई चटपटे र पानीपुरी बेचनु कहासजिलो छ र उनि कतिको अपहेलना बोलिबचन सुन्नु पर्र्ने हुन्छ । संगीताले भन्नि आफनो छर छिमेकिले पनि हेपने गर्छन् । तर म उनिहरुको कुराको व्येवस्था हुदैन । जे भनेनि मतलब हुदैन । आफु चोरी गर्न जानेको छैन कसैसंग सितैमा मागन गएको छैन । मेहनत गर्न जानेको छु मेहनतनै गरेर खानेछु संगीताले सुनाइन ।
