TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

संगीताले सानो ठेलामा चटपटे र पानीपुरी बेचेर  आफ्नो र बच्चा गुजारा गर्दै

पर्सा पुनम ११ श्रावन   ; संगीता चौधरी थारुको घर कल्याणपुर सखुवाप्रसौनि गााउपालिकामा छ । उनि हाल राधेमाइे टोलमा बस्छीन । संगीताकि विवाह भएको २० बर्ष भन्दा बढी भयो । गाउँमा आफ्नो बढी खेत नभएकाले खानमात्र ठिक हुन्थ्यो । संगीताकि दुई छोरा र एक छोरी छन । बचाहरु सानो छदा ठिकै थियो । किन भने त्यो बेला बचाहरुको पढन,लेख्न बेलानभएकोले पढाइमा खर्च थिएन । तर छोरा, छोरी बढदै गयो संगीताको चिनता त्यतिकै बढन थाल्यो । संगीताले सहर जान सपना देखिन थालिन । सहर जानको लागी घर परीवारमा सलाह गरीन् । सहर जानको लाागि संगीता अनुमति पाइन ।

श्रीमान संगै छोरा, छोरी चितवन गइन । चितवनमा गएपछि चटपटे र पानीपुरी बेचन थालिन् । संगीताले सानो ठेलामा चटपटे र पानीपुरी बेचेर  आफ्नो बच्चाहरुको गुजारा गर्न थालिन् । उनि १४ बर्ष सम्म चितवनमै चटपटे र पानीपुरी बेचिन । संगीताले कहिले सोचेकि थिएनकि कोरोणा को कारण व्यपार चल्दैन् । फेरी संगीतालाइ छाक टारर्न र बचाहरुलाई पढाउन गारो हुन थाल्यो । संगीताको सपना चितवनमा पुरा नभए पछि पर्साको वीरजंमा आइन । वीरगंजमा पनि उनि आफ्नो बचाहरुलाई राम्रो शिक्षा दिन्छु भनेर फेरी चटपटे र पानीपुरी बेचन थालिन । मैले पढेको छैन् ।

हाम्रो पालोमा खासै गाउघरमा छोरीलाई पढाउथिएन । बढी गरेर घरको काममा लगाउनु हुन्थ्यो । संनगीताले सुनाइन । तर  म आफ्नो छोरा, छोरीलाई आफु जस्तो अनपढ बनाउन चाहन् उनि भन्नि । म जस्तै मेरो छोरा, छोरीले चटपटे बनाउनु नपरोस, आफु दुख गरे पनि छोरा, छोरी पढेर राम्रोसंग जीबको पार्जन गर्न सकोस यहि मेरो चहाना छ । संगीताले वीरगंजमा आएपछि बाचाहरुलाई वोडिङ्गस्कुलमा पढाउन थालिन् । तर ६ महिना नबितदै सरकारी स्कुलमा पढाउन थालिन् किनभने श्रीमानको कमाइ र मेरो कमाईले वोडिङ्ग स्कुलको फि धान्न सकिन् । संगीता दैनिक १ हजार भन्दा माथि कमाउछिन ।

content left

तर संगीतालाई चटपटे र पानीपुरी बेचनु कहासजिलो छ र उनि कतिको अपहेलना बोलिबचन सुन्नु पर्र्ने हुन्छ । संगीताले भन्नि आफनो छर छिमेकिले पनि हेपने गर्छन् । तर म उनिहरुको कुराको व्येवस्था हुदैन । जे भनेनि मतलब हुदैन । आफु चोरी गर्न जानेको छैन  कसैसंग सितैमा मागन गएको छैन । मेहनत गर्न जानेको छु मेहनतनै गरेर खानेछु संगीताले सुनाइन ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्सा वीरगञ्जमा माघी (खिचडी) २०८२ का लागि नयाँ समिति गठन

थारु एक्सप्रेस

जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु

थारु एक्सप्रेस

रक्सौलमा ९.६० ग्राम ब्राउन सुगरसहित दुई नेपालीसहित तीन जना पक्राउ, लागूऔषध सञ्जालमाथि अनुसन्धान तीव्र

थारु एक्सप्रेस