TharuExpress
मुख्य समाचार समाज स्थानिय

मुर्लीमा सञ्चालित विद्यासदन माविकी साबना खातुनद्वारा आत्महत्याको प्रयास

 

 

वीरगञ्ज १७ भदौ । वीरगञ्ज महानगर वडा नम्बर १२ मुर्लीमा सञ्चालित विद्यासदन माविकी साबना खातुनले आत्महत्याको प्रयास गरेकी छन् ।

वीरगञ्ज वडा नम्बर १४ बहुअरी बस्ने १५ वर्षीया साबना खातुनले बुधवार अपराह्न चार तलाबाट हाम फालेर आत्महत्या प्रयास गरेको पर्सा प्रहरीले जनाएको छ ।

content left

हाम फाल्दा उनी विद्यालय अगाडिको कम्पाउन्डमा खसेकी थिइन् । उनको बायाँ खुट्टा र दुवै हातमा गम्भीर चोट लागेको छ ।

हाल उनको वीरगञ्जस्थित मेडिसिटी वयोधा अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।

उनको शल्यक्रिया गर्ने चिकित्सकको तयारी छ । केही महीनाअघि खातुनकी आमाको निधन भएको र बुबाले अर्को बिहे गरेपछि उनी तनावमा थिइन् ।

उनी घर छाडेर अहिले बहुअरीस्थित मामाघरमा बसेकी थिइन् । आत्महत्या गर्नुको पछाडि मानसिक तनाव रहेको बुझिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

एकै दिन जनमत पार्टीमा एक सय भन्दा बढी प्रवेश

थारु एक्सप्रेस

आफ्नै छोरीलाई बलत्कार गर्दै आएका एकजना नवनिर्वाचित वडा सदस्य पक्राउ

ranjityadav

चट्याङ लागेर तीन जना महिलाको ज्यान गयो

थारु एक्सप्रेस