TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

थारु समुदायका मूख्य पर्व माघी खिचडीको अवसरमा जिराभवानी गाँउपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

शेढवा १६ पुष/

थारु समुदायका मूख्य पर्व माघी खिचडीको अवसरमा जिराभवानी गाँउपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएका छन। वडा नं ३ मा रहेका बितो महतो जनता मा बि जितपुर नौकाटोलामा सम्पन्न शिविरमा करिब पाच सय जनाको बिभिन्न रोगको चेकजाच गरिएका छन। जेनरल फिजिसियन, हाडजोर्नी , स्त्री रोग, छाला, आँखा र दाँत रोगका करिब पाच सय बिरामी जेकजाच गरिएका लालबिहारी महतोले जानकारी गराए। बिरामीहरुलाई निशुल्न औषधी बितरण गरिएका थिए। एभरग्रीन तराई सिमरा होसपाटलको सहकार्य तथा राष्ट्रिय योजना आयोगका पू्र्व सदस्य डा कृपासिन्धु चौधरीको संयोजनमा सो कार्यक्रम भएका हुन। एभरग्रीन तराई सिमरा होस्पिटलका ईन्चार्ज डा रामचन्द्र सिंहको अध्यक्षता तथा थारु कल्याणकारी समिति पर्साका कार्यवाहक अध्यक्ष रामेश्वर महतोको प्रमुख आतिथ्यमा सो शिविर सम्पन्न भएका थिए।

शिविरमा जेनरल फिजिसियन डा रविन्द्र सिंह, डा पवन चौरसिया, चन्द्रभूषण सिंह हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ डा नवीन सिंह, डा प्रशान्त ठाकुर, सर्जन नितिसा कर्णले चेकचाज गरेका थिए। त्यस्तै स्त्री रोग बिशेषज्ञ डा बबिता चौधरी, दन्त रोग बिशेषज्ञ डा बिबेक राज गौतम, छाला रोग बिशेषज्ञ डा प्रकाश पौडेल, नेत्र बिशेषज्ञ डा निकी चौधरीले चेक जाच गरेका थिए।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

था.क.स. पर्साका नव निर्वाचित पदाधिकारी लियो सपथग्रहण

थारु एक्सप्रेस

बिदाई कार्यक्रमको साथै अभिमुखिकरण कार्यक्रम सम्पन

थारु एक्सप्रेस

विद्यालयमा अध्ययनरत चारसय २० जना छात्राहरुका लागि शौचालय निर्माण

थारु एक्सप्रेस