TharuExpress
समाचार समाज स्थानिय

बिदाई कार्यक्रमको साथै अभिमुखिकरण कार्यक्रम सम्पन

वीरगंज ६ चैत पुनम चौधरी / पर्साको वीरगंज  राधेमाई वडा. १३ स्थित रहेको  साउथजोन माध्यमिक विधालयको आयोजनामा सोमबार कक्षा १० का  बिद्यार्थीहरुलाई बिदाई कार्यक्रमको साथै अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ l

साउथजोन माध्यमिक विधालयद्वारा  वीरगंजको क्लासिक ब्यान्केटमा सम्पन्न कार्यक्रममा एसईई दिने बिधार्थीलाई क्न्फीडेन्स बिल्डउप लागि काठमाण्डौबाट चिरपरिचित मोटीवेशनल स्पीकर  तारा प्रसाद गिरीलाई बोलाई कंफीडेन्स बिल्डउपको प्रशिक्षण गराएका थिए  l

सोही कार्यक्रमको अवसरमा एसईई दिने विद्यार्थीहरुलाई लक्षित गर्दै आफ्नो लक्ष्य र उदेश्य कसरी प्राप्ति हुन सक्छ  भन्ने बारे जानकारी गराएको थियो साथै बिधार्थीका अविभावकहरुलाई पनि प्रशिक्षित गराइएको थियो l  बिधार्थीलाई घरमा पढने वाताबरण बनाउने,पढाई प्रति उत्प्रेरित गर्ने तथा पढाईको उदेश्य बताउने कुरा सिकाइएको थियो l

content left

विधालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो l सो कार्यक्रममा वीरगंज महानगरपालिकाका शिक्षा शाखा प्रमुख अरबिन्दलाल कर्ण, वीरगंज युवा समाजका कमल चौलागाई, मानव सेवा आश्रमका दिनेश गुप्ता,  लगायत नर्सरी देखि कक्षा ५ सम्मका बिधार्थीको करिब ४०० अभिभावकहरुको सहभागिता रहेको थियो l

प्रतिक्रिया लेख्नुहोस

Related posts

बीपी उद्यानमा महानगरको डोजर

थारु एक्सप्रेस

पर्साको जिराभवानी गापा अध्यक्ष र उपाध्यक्ष बाट हरितालिका तिजको शुभकामना

थारु एक्सप्रेस

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनता समाजवादी पार्टीद्वारा वीरगन्जमा प्रदर्श

थारु एक्सप्रेस