TharuExpress
समाचार समाज स्थानिय

बिदाई कार्यक्रमको साथै अभिमुखिकरण कार्यक्रम सम्पन

वीरगंज ६ चैत पुनम चौधरी / पर्साको वीरगंज  राधेमाई वडा. १३ स्थित रहेको  साउथजोन माध्यमिक विधालयको आयोजनामा सोमबार कक्षा १० का  बिद्यार्थीहरुलाई बिदाई कार्यक्रमको साथै अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ l

साउथजोन माध्यमिक विधालयद्वारा  वीरगंजको क्लासिक ब्यान्केटमा सम्पन्न कार्यक्रममा एसईई दिने बिधार्थीलाई क्न्फीडेन्स बिल्डउप लागि काठमाण्डौबाट चिरपरिचित मोटीवेशनल स्पीकर  तारा प्रसाद गिरीलाई बोलाई कंफीडेन्स बिल्डउपको प्रशिक्षण गराएका थिए  l

सोही कार्यक्रमको अवसरमा एसईई दिने विद्यार्थीहरुलाई लक्षित गर्दै आफ्नो लक्ष्य र उदेश्य कसरी प्राप्ति हुन सक्छ  भन्ने बारे जानकारी गराएको थियो साथै बिधार्थीका अविभावकहरुलाई पनि प्रशिक्षित गराइएको थियो l  बिधार्थीलाई घरमा पढने वाताबरण बनाउने,पढाई प्रति उत्प्रेरित गर्ने तथा पढाईको उदेश्य बताउने कुरा सिकाइएको थियो l

content left

विधालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो l सो कार्यक्रममा वीरगंज महानगरपालिकाका शिक्षा शाखा प्रमुख अरबिन्दलाल कर्ण, वीरगंज युवा समाजका कमल चौलागाई, मानव सेवा आश्रमका दिनेश गुप्ता,  लगायत नर्सरी देखि कक्षा ५ सम्मका बिधार्थीको करिब ४०० अभिभावकहरुको सहभागिता रहेको थियो l

प्रतिक्रिया लेख्नुहोस

Related posts

४ महिला सहित ६२ जनाले रक्तदान गरे

थारु एक्सप्रेस

थारू समुदायका महिलाहरूले धकिया, पथिया बुन्ने तालिम सुक्रबार समापन

थारु एक्सप्रेस

वीरगन्जको ड्राइपोर्ट नजिकै मालवाहक ट्रकले ठक्कर दिँदा एक जना बृद्धको मृत्यु

थारु एक्सप्रेस