पर्सा पुनम चौधरी चैत १, / उपकार सेवा नेपाल तथा राँण्ड टेबल बिरगंज -३ को सयुक्त लगानीमा सुबिधा युक्त सौचालय बुधबार निर्माण गरिएको छ l
बिरगंज महानगर पालिका वार्ड न१८ सुखचैना स्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्रराज जोशी माध्यमिक बिधालयमा अध्ययनरत लगभग ४२० जना छात्राहरुको ट्वाईलेट बाथरूमको अभावलाई मध्य नजर गर्दै उपकारसेवा नेपाल तथा राँण्ड टेबल बिरगंज -३ को सयुक्त लगानीमा महिला हरुलाई मात्र उपभोग हुने गरि सुबिधा युक्त महिला सौचालय निर्माण गरि सहयोग गरिएको छ l
उपकार सेवा नेपाल संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगी सदस्यहरु सुमन बगेडिया ,सज्जन अग्रवाल,समाजिक अभियन्ता प्रकाश थारू तथा राँण्डटेबल बिरगंज -३ को अध्यक्ष अंकुर अग्रवाल लगायतको बिद्यालय प्रङ्गणमा एक कार्यक्रम बीच हस्तान्तरण गरिएको छ l
प्रतिक्रिया लेख्नुहोस
