TharuExpress
मुख्य समाचार

पर्साको ठोरी गाउँपालिका–७ का श्रीमान् श्रीमतीको ज्यान गयो

 

काठमाण्डाै मंसिर ३ – काठमाण्डौको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

content left

पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक ४५ वर्षका कुमार राई र पछाडि बस्नुभएकी राईकी श्रीमती ३८ वर्षकी मेनुकाको हिजो बेलुका ज्यान गएको हो ।

राई दम्पती चढेको प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ना ३ ख ५२४७ नम्बरको ट्रकले हिजो दिउँसो ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ठक्करबाट घाइते दुई जनाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

ट्रक चालकलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

७ औं पारसवा गोल्ड कपको औपचारीक कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस र नेकपा एमाले विचको प्रतिष्पर्धा रोचक बन्दै

थारु एक्सप्रेस

पर्साको ग्रामीण उतरी भेगमा रोकिएन बाघ आतंक सम्बन्धित बन कर्मचारी मौन

थारु एक्सप्रेस