TharuExpress
मुख्य समाचार

पर्साको ठोरी गाउँपालिका–७ का श्रीमान् श्रीमतीको ज्यान गयो

 

काठमाण्डाै मंसिर ३ – काठमाण्डौको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

content left

पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक ४५ वर्षका कुमार राई र पछाडि बस्नुभएकी राईकी श्रीमती ३८ वर्षकी मेनुकाको हिजो बेलुका ज्यान गएको हो ।

राई दम्पती चढेको प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ना ३ ख ५२४७ नम्बरको ट्रकले हिजो दिउँसो ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ठक्करबाट घाइते दुई जनाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

ट्रक चालकलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

स्वतंत्र उम्मेदवार  श्याम प्रसाद गुप्ताद्वारा  बिहिबार घरदैलो कार्यक्रम सम्पन

थारु एक्सप्रेस

पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई सरकारद्वारा अनुमति

थारु एक्सप्रेस

थारू समुदायका महिलाहरूले धकिया, पथिया बुन्ने तालिम सुक्रबार समापन

थारु एक्सप्रेस