TharuExpress
मुख्य समाचार राष्ट्रिय समाचार समाज स्थानिय

पर्साको ग्रामीण उतरी भेगमा रोकिएन बाघ आतंक सम्बन्धित बन कर्मचारी मौन

पर्साकोमेघराज राय जिराभवानी फागुन १९/  पटेर्वासुगौलीमा बाघले आतंक मच्चाएको छ। बाघको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते भएका छन् आज बिहान अनदाजी ९:४० बजेको समयमा पटेर्वासुगौली गाउँपालिका वार्ड नम्बर २ टोल बन्कुल बस्ने अन्दाजी बर्ष ६५ को रामेश्वर राउत उराँवले आफ्नो खेतबारीको गहुँ खेत हेर्ने जानेक्रममा अचानक जंगली बाघले आक्रमण गर्दा निज उराँवको शरीरको विभिन्न अङ्गमा टोकी गम्भीर घाइते भएकोमा निजलाई स्थानीय र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीको कमान्डमा रहेका प्रहरीटोलीले उदार गरि तत्काल स्थानीय मेडिकलमा सामान्य उपचार गराई अवस्था गम्भीर देखिएकोले थप उपचारको लागि बिरगंज स्थित नारायणी अस्पताल पठाएको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभो l

बिगत केही दिन अगाडि बाघले आक्रमणबाट तीनवटा बाख्रा मरेका थियो र पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ लक्ष्मीपुरमा बिहीबार बाघको आक्रमणबाट स्थानीय २२ वर्षीय सरोजप्रसाद अधिकारी गम्भीर घाइते भएका थिए । बाघले बाख्रालाई मारेको खबर थाहा पाएसँगै बाघ धपाउन पुगेका युवाको समूहमध्ये सरोजलाई बाघले घाइते बनाएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीको नेतृत्वमा प्रहरी चौकी रंगपुरटाडीसहितको टोलीले घाइते अधिकारीको उद्धार गरेको थियो।श्रीपुरस्थित स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि गम्भीर घाइते सरोजलाई वीरगन्जस्थित नारायणी अस्पतालमा लगेर भर्ना गरिएको प्रहरी निरीक्षक केशरीले बताए।सरोजलाई आक्रमण गरी घाइते बनाएको बाघले नै लक्ष्मीपुर टोलमा तीनवटा बाख्रा मारेको छ।

content left

आक्रमण गर्ने बाघको खोजी भइरहेको प्रहरी निरीक्षक केशरीले बताए। तर बन कर्मचारीले एस बिषयमा मौन रहेको स्थानीय बृजलाल उराँवले गुनासो गरे ।पटेर्वा सुगौली गाँउपालिका र पर्सागढी नगरपालिकाको जनता सडक आसपासको क्षेत्रमा बाघले विगत एक महिनादेखि आतंक मच्चाउँदै आएको पटेर्वा सुगौली गाउँपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष बिजय गैरेले जानकारी दिए।

उनका अनुसार एक महिना पहिले पनि पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर २ चाफीमा बाघकै आक्रमणबाट एकजना पुरुषको मृत्यु भएको थियो।एसै बिच आज सखुवाप्रसौनी गाउँपालिका वार्ड नम्बर २ रामभौरी टोल भन्दा अन्दाजी ३० मिटर पुर्ब श्री दिपनारायण आदर्श माबी स्कुलको खाली खेतमा पोथी पाटे बाघ मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनु भो।

प्रतिक्रिया लेख्नुहोस

Related posts

थारु कल्याण कारिणी पर्सा द्वरा ज्ञापन पत्र….

थारु एक्सप्रेस

पर्सा गढी युवा समाज द्वारा प्रथम साधारणसभा सप्पन्न.

थारु एक्सप्रेस

पोखरीमा नुहाउने क्रममा १ बलिकाको मृत्यु

थारु एक्सप्रेस