TharuExpress
Uncategorized

भोटेकोसी बाढीमा बेपत्ता दुई जनाको कुशको पुतला बनाई अन्त्येष्टि

रामकिशोर चौधरी
सखुवाप्रसौनी, पर्सा ।

भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका क्रममा बेपत्ता भएका पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ का दुई जनाको हिन्दु परम्पराअनुसार सांकेतिक अन्त्येष्टि गरिएको छ।
बाढीमा बेपत्ता भएका सुरज माझी र रामबाबु चौधरी लामो समय बितिसक्दा पनि फेला नपरेपछि परिवार, आफन्त तथा स्थानीयवासीले कुशको पुतला बनाई धार्मिक विधिअनुसार सांकेतिक अन्तिम संस्कार गरेका हुन्।
शव फेला नपरे पनि हिन्दु परम्पराअनुसार कुशको पुतलालाई प्रतीकात्मक शवका रूपमा राखेर अन्त्येष्टि गरिएको हो। धार्मिक विधिअनुसार गरिएको अन्तिम संस्कारमा परिवारजन, आफन्त, स्थानीय महिला, पुरुष तथा बालबालिकाको समेत सहभागिता रहेको थियो।
आफन्तको अवस्था अझै अज्ञात रहँदा परिवारजन भावविह्वल बनेका थिए। लामो समयसम्म खोजी गर्दा पनि कुनै जानकारी प्राप्त नभएपछि धार्मिक संस्कार पूरा गर्ने उद्देश्यले सांकेतिक रूपमा अन्तिम संस्कार गरिएको स्थानीयले बताएका छन्।
बाढीपछि बेपत्ता भएका दुवै जनाको अवस्था पत्ता लगाउन परिवार तथा स्थानीयले सम्बन्धित निकायसँग खोजी कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

उपकार सेवा नेपालद्वारा वीरगञ्जमा ३० युवतीलाई सिलाइ–कटाइ तालिम सामग्री हस्तान्तरण

थारु एक्सप्रेस

महोत्तरीमा मोटरसाइकल बयललगाडमा ठोक्किएर एक युवकको मृत्यु

थारु एक्सप्रेस

स्मार्ट क्रिएटिभका सञ्चालक कमल बाबु चौधरी सम्पर्कविहीन, सदस्यहरूको उपहार वितरण नगरेको आरोप

थारु एक्सप्रेस