TharuExpress
समाचार

जगरनाथपुरमा निःशुल्क आँखा शिविर, २६३ जना लाभान्वित.

बीरगंज ,असोज ७

अजित धामी

पर्साको जगरनाथपुर गाउँपालिका–४ मा आयोजित निःशुल्क आँखा शिविरबाट २६३ जना लाभान्वित भएका छन्। तिलगंगा हेटौँडा सामुदायिक आँखा अस्पतालको आयोजना तथा दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको सहकार्यमा शिविर सञ्चालन गरिएको हो।

content left

शिविरमा परीक्षण गरिएका २६३ जनामध्ये ६९ जनामा मोतियाबिन्दु देखिएको छ भने ५३ जनालाई आवश्यक औषधि तथा आँखा ड्रप उपलब्ध गराइएको आयोजकले जनाएको छ।

मोतियाबिन्दु भएका ६९ जनालाई असोज ७ गते हेटौँडा सामुदायिक आँखा अस्पताल लगेर निःशुल्क शल्यक्रिया गरिने र असोज ९ गते घर फर्काइने जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

था.क.स. पर्साका नव निर्वाचित पदाधिकारी लियो सपथग्रहण

थारु एक्सप्रेस

थारु समुदायलाई श्री गहवा माई रथ यात्रामा सहभागिताका लागि औपचारिक निमन्त्रणा

थारु एक्सप्रेस

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बाट वन कार्यालयको टोली द्वारा सालको काँचो गोलीया काठ बरामद

थारु एक्सप्रेस