TharuExpress
Uncategorized

उपकार सेवा नेपालद्वारा वीरगञ्जमा ३० युवतीलाई सिलाइ–कटाइ तालिम सामग्री हस्तान्तरण

४ पुस, वीरगञ्ज ।
उपकार सेवा नेपालले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१३ नयाँटोल, मुर्लीका ३० जना युवतीलाई लक्षित गरी सञ्चालन गर्न लागेको तीनमहिने कपडा सिलाइ–कटाइ तालिम कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ।

तालिमका लागि नियुक्त प्रशिक्षक खुश्बु देवीलाई सिलाइ–कटाइमा प्रयोग हुने सियो, धागो, कैंची, इन्ची टेप, स्केल, पेन्सिल, चौक, कपीलगायत विभिन्न सामग्री उपकार सेवा नेपालकी अध्यक्ष बिध्या कुमारी सरावगी, अभिभावक पद्मा देवी सरावगी तथा संस्थाका सदस्यद्वय सुमन बगेडियार र अंकुर शर्माले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।

उद्घाटन कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारुसहित स्थानीय भद्रभलाद्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

content left

तीन महिनासम्म सञ्चालन हुने उक्त तालिम कार्यक्रमबाट १५/१५ जनाको दुई समूहमा गरी कुल ३० जना युवती लाभान्वित हुनेछन्। तालिमले युवतीहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको संस्थाले जनाएको छ।

उपकार सेवा नेपालले यसअघि पनि विभिन्न सामाजिक तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्दै समाजिक उत्थानमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

मिस्टर एन्ड मिस थारु बिरगंजमा  छ्नौट, भब्यरुपले सम्पन्न

थारु एक्सप्रेस

नव नियुक्त वन तथा वातावरण मन्त्री चौधरीलाई गृहपालिकामा भव्य स्वागत

थारु एक्सप्रेस

ठोरीमा पर्यटकको चाप बढ्दो, आन्तरिक तथा भारतीय पर्यटकको आगमन उल्लेखनीय

थारु एक्सप्रेस