बीरगंज ,कार्तिक १०
जिल्लाको पटेर्वा सुगौली गाउँपालिकामा प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १ लाख २६ हजार ६ सय ६० रुपैयाँ बराबरको कपडा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली मातहतका प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी रंगपुर टाँडी, पर्साबाट खटिएको गस्ती टोलीले सोमबार बिहान ११:३० बजेको समयमा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ महाविर मन्दिरस्थित उत्तर सुगौलीबाट पटेर्वातर्फ जाँदै गरेको सडक खण्डबाट उक्त कपडा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छन् ।
रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक (असई) सुरेश साहको कमाण्डमा खटिएको गस्ती टोलीले दुईवटा ठूला बोरामा प्याक गरि मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेका कपडा फेला पारेको थियो।
बरामद गरिएका कपडा साडी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली हुँदै वीरगन्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभएको छ।
