TharuExpress
Uncategorized

भोटेकोसी बाढीमा बेपत्ता दुई जनाको कुशको पुतला बनाई अन्त्येष्टि

रामकिशोर चौधरी
सखुवाप्रसौनी, पर्सा ।

भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका क्रममा बेपत्ता भएका पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ का दुई जनाको हिन्दु परम्पराअनुसार सांकेतिक अन्त्येष्टि गरिएको छ।
बाढीमा बेपत्ता भएका सुरज माझी र रामबाबु चौधरी लामो समय बितिसक्दा पनि फेला नपरेपछि परिवार, आफन्त तथा स्थानीयवासीले कुशको पुतला बनाई धार्मिक विधिअनुसार सांकेतिक अन्तिम संस्कार गरेका हुन्।
शव फेला नपरे पनि हिन्दु परम्पराअनुसार कुशको पुतलालाई प्रतीकात्मक शवका रूपमा राखेर अन्त्येष्टि गरिएको हो। धार्मिक विधिअनुसार गरिएको अन्तिम संस्कारमा परिवारजन, आफन्त, स्थानीय महिला, पुरुष तथा बालबालिकाको समेत सहभागिता रहेको थियो।
आफन्तको अवस्था अझै अज्ञात रहँदा परिवारजन भावविह्वल बनेका थिए। लामो समयसम्म खोजी गर्दा पनि कुनै जानकारी प्राप्त नभएपछि धार्मिक संस्कार पूरा गर्ने उद्देश्यले सांकेतिक रूपमा अन्तिम संस्कार गरिएको स्थानीयले बताएका छन्।
बाढीपछि बेपत्ता भएका दुवै जनाको अवस्था पत्ता लगाउन परिवार तथा स्थानीयले सम्बन्धित निकायसँग खोजी कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

नागरिकता बनाउन विषयमा झगडा हुदा महिलाको हत्या

थारु एक्सप्रेस

बिल बिजकभन्दा बढीको सामानहरू लोड रहेको एउटा ट्रक नियन्त्रणमा

थारु एक्सप्रेस

सामाजिक हैसियत देखाउने प्रतिस्पर्धाका कारण आर्थिक बोझ थपिदै

थारु एक्सप्रेस