TharuExpress
समाचार स्थानिय

सशस्त्र प्रहरीद्वारा विष्फोटक पदार्थ पटाका बरामद

 

 

२७ भाद्र । सशस्त्र प्रहरी बल गण नं.७ सिरहाले भारीमात्रामा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । सशस्त्र प्रहरी सिरहाले चर्ड पर्वलाई लक्षित गर्दै नेपाल भारत सिमावर्ती क्षेत्रमा थप सुरक्षा व्यवस्था कडा बनाउने गणपति रमेश कुमार थापाले बताए ।

content left

भारतबाट नेपाल ल्याउदै गरेको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ सिरहाबाट खटिएको टोलीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल गण नं.७ सिरहाका गणपति सशस्त्र प्रहरी उपरिक्षक रमेश कुमार थापाको निर्देशनमा सिरहा नगरपालिका–६ वसविट्टाको कमला किनारबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

धनुषा–सिरहाको सिमानामा पर्ने कमला नदी हुँदै सिरहाको वसविट्टासम्म पटाका लिएर पुगेकाले सशस्त्र प्रहरीलाई देखेपछि पटाका छाडेर फरार भएको सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाले जानकारी गराएको छ । बरामद भएको पटाका अन्दाजी करीब रु दुई लाख मूल्य बराबरको रहेको र त्यसलाई समाजसेवि,नागरिकसमाज, नेपाल प्रहरीका प्रतिनिधि,पत्रकारको रोहबरमा सशस्त्र प्रहरीले खाल्डोमा पुरेर नष्ट गरिएको हो ।

सिरहाली सशस्त्र प्रहरीले चाडपर्वको मुखमा विभिन्न घटनाबाट बच्न सबै सरोकारवाला निकायलाई सजग गराउँदै सर्तकता अपनाउन आग्रह गर्दै सीमा अपराध नियन्त्रणका लागि भारतीय ‘काउण्टर पार्ट्स’सँगको समन्वय र सहकार्यलाई पनि महत्व दिएको सशस्त्र प्रहरी बल नेपाल,गण नं।७ हे।क्वा।सिरहाका गणपति सशस्त्र प्रहरी उपरिक्षक रमेश कुमार थापाले बताए ।

चाडपर्वमा थप सिमानाकामा निगरानी बढाउदै तस्करी, हातहतियार तथा लागुऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रण सशस्त्र प्रहरीको प्राथमिकतामा छन् । त्यस्तै जुवा, तास लगायत गैह्र कानुनी खेलहरु र शान्ति भड्काउनेसमूहलाई पूर्ण रुपमा नियन्त्रणमा लिइने उनले बताए ।

शंकास्पद व्यक्तिहरु एवं सार्वजनिक स्थलमा हुने गतिविधीको निगरानी, पटकाको ओसारपसार तथा बेचबिखन, सीमा क्षेत्रमा कडाई, पकेटमार लगायत अपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान र नियन्त्रणमा समेत विशेष निगरानी थालिएको सशस्त्र प्रहरी सिराहाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

आउ मिलि सहयोग गरौं (LET’S Help Together)द्वारा जिल्ला “निशुल्क स्वास्थ्य शिविर “सप्पन्न …..

थारु एक्सप्रेस

पर्सा ,बारामा एकै दिन स्वागत हुने रेशमालाल चौधरीलाई ..

थारु एक्सप्रेस

बारामा प्रहरी र डाँकाबीच भिडन्त

थारु एक्सप्रेस