TharuExpress
खेलकुद समाचार समाज स्थानिय

७ औं पारसवा गोल्ड कपको औपचारीक कार्यक्रम सम्पन्न

२६ रूपनारायण अशोज    ७   औं पारसवा गोल्ड कपको औपचारीक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सभापति श्री उमाकान्त चौधरीको सभापतित्वमा पारसवा गोल्ड कपमा सहभागी हुने समपूर्ण टिमका अध्यक्षलाई बोलाई  गोल्डकप मैचको टाई शीट प्रदान गर्नु भएको छ। खेलको नियमहरु समझाउँदै टिमका अध्यक्षलाई आ -आफ्नो टिमका साथीहरुलाई अनुशासन पूर्वक खेल खेलिदिनहुन पनि आग्रह गर्नु भयो। पारस्वा गोल्ड कप कार्तिक ११ गते देखि सुरुहुने भएको छ। विजेता टीमलाई नगद रु ३ लाख २५ हजार रुपैयाँ पुरस्कारको साथै गोल्डेन ट्रफी रहेको छ भने उप विजेता टीमलाई नगद रु १ लाख ५० हजार  पुरस्कारको साथै ट्रफी रहेको छ।  पारसवा गोल्डकपको आयोजक समितिले यसपाली बाहिर बस्ने साथीहरु तथा फुटबल प्रेमीहरुकोलागि फूटबल लाइभ थारुएक्प्रेस डट कमबाट प्रसारण हुने कुरा पनि गर्नु भएको छ। पारसवा गोल्ड कपमा १५ वटा टिमको सहभगिता रहेको छ। कार्यकममा गाउँको फूटबल प्रेमी, समाजसेवी,युवा र बुद्धिजीवीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकर श्री दिनानाथ चौधरिले गर्नु भएको थियो।

प्रतिक्रिया लेख्नुहोस

Related posts

छठपर्व ब्रतालु महिलाहरूलाई साडी वितरण

थारु एक्सप्रेस

ओषधी,खाद बिना खेती गर्न सकिने [जगत पंजियार] कृषकको भनाई

थारु एक्सप्रेस

स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जना पक्राउ

थारु एक्सप्रेस