TharuExpress
Uncategorized मुख्य समाचार

सिरहाकाे मिर्चैयाबाट हेटौंडाका लागि छुटेको बसको ठक्करबाट एक जनाको मृत्यु

 

वीरगन्ज ,२७ भाद्र : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१०, नयाँरोडमा सोमबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

content left

सिरहाकाे मिर्चैयाबाट हेटौंडाका लागि छुटेको ना ८ ख ८२६७ नम्वरको गहुँ लोड भएको ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–९ निवासी ५० वर्षीय रामचन्द्र रायमाझीको मृत्यु भएको हो । रायमाझी मर्निङवाकका लागि सडकमा निस्किएका थिए ।

साेमबार बिहान ४ बजेतिर भएको दुर्घटनामा रायमाझीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइसकिएको हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले बताए ।ट्रकका चालक प्रहरी नियन्त्रणमा रहेकाे उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

आठ वर्षदेखि अलपत्र घोडेमसान सिँचाइ आयोजना : किसानकै प्रयासमा खेतमा पानी

थारु एक्सप्रेस

मौषम प्रतिकुल नहुँदा गहुँ बालीमा क्षति, पर्साका किसान उत्पादन र मूल्य दुवैमा मारमा

थारु एक्सप्रेस

प्रहरीद्वारा भारी मात्रामा लागु औषध सहित एक जनालाई पक्राउ

थारु एक्सप्रेस