TharuExpress
खेलकुद समाज स्थानिय

जिराभवानी गाँउपालिका वडा नं ४ सुपौलीमा  हिजोदेखि दोस्रो जिराभवानी मेयर कप २०८१ शुरु

पर्सा जेष्ठ ६     पर्साको  जिराभवानी गाँउपालिका वडा नं ४ सुपौलीमा  हिजोदेखि दोस्रो जिराभवानी मेयर कप २०८१ शुरु भएका छन।

सनलाईट यूवा स्पोर्ट क्लबको आयोजनामा जिल्ला खेलकुद बिकास समितिका पूर्व कोषाध्यक्ष चक्रधारी चौधरीको सभापतित्व तथा गापा अध्यक्ष अनोज चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा माबि नौकाटोलाका प्र. अ रामाशंकर चौधरी, आयोजक संस्थाका बरिष्ट सल्लाहकार दिपेन्द्र महतो र रामजन्म महतोले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए। प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेका छन। प्रतियोगिताको बिजेता टिमलाई नगद ५० हाजार र उपबिजेता टिमलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएका छन।

हिजो  भएको खेलमा टनकनाथ बाबा क्लब पिप्रा भवानीपुरले न्यू सनलाईट यूवा स्पोर्ट क्लब सुपौली A ट्राई ब्रैकमा पराजित गरेका छन। निर्धारित समयावधीमा दुबै टिमले १/१ गोल गरेका थिए। भोलीको पहिलो खेल यूवा समाज पकडीटोल र भगौली बाबा शंकरसरैया बीच हुनेछ। त्यस्तै दोस्रो खेल ब्रहमबाबा यूवा क्लब सहजानपुर र सुगीभार माइ यूवा क्लब सखुवनिया बीच हुनेछ।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

शम्सानघाटमा गाडिएको एक बालककाे शव निकालेर पाेष्टमार्टमका लागि अस्पतालमा पठाएयो

थारु एक्सप्रेस

बिहीबार बिहान भएको बस दुर्घटनामा एकै परिवारका दुई जनको मृत्यु, एक जना घाइते

थारु एक्सप्रेस

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनता समाजवादी पार्टीद्वारा वीरगन्जमा प्रदर्श

थारु एक्सप्रेस