TharuExpress
समाचार स्थानिय

सखुवाप्रसौनी–२ मा बालबालिकालाई पोषणका लागि दाल वितरण

वीरगन्ज , असोज २१

रामकिशोर चौधरी

 

सखुवाप्रसौनी गाउँपालिका–२ स्थित स्वास्थ्य चौकीमा बालबालिकाको पोषण सुधार गर्ने उद्देश्यले पोषणका लागि दाल वितरण कार्यक्रम सम्पन्न भएको छ।

 

content left

वडा नं. २ का अध्यक्ष चिरञ्जीवी महतो थारूको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख प्रभात साहले बालबालिकाको पोषण अवस्था सुधार गर्न दाल वितरण गरिएको जानकारी दिनुभयो।

 

कार्यक्रममार्फत लक्षित बालबालिकाका अभिभावकलाई पोषणका लागि दाल वितरण गर्दै नियमित रूपमा पौष्टिक तथा सन्तुलित आहार खुवाउन आग्रह गरिएको थियो। बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषणयुक्त खानाको महत्वपूर्ण भूमिका रहने स्वास्थ्यकर्मीहरूले बताएका छन्।

 

कार्यक्रममा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा स्थानीय अभिभावकहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस

Related posts

बिशेष सुराकीको अधारमा गोलिया बरामद

थारु एक्सप्रेस

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले बिश्व मुख स्वास्थ दिवशको अवसरमा निशुल्क O.P.D सेवा संचालन

थारु एक्सप्रेस

बीरगन्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढ्दै

थारु एक्सप्रेस