TharuExpress
मुख्य समाचार समाज स्थानिय

बीरगन्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढ्दै

बीरगन्ज,१६ भदौ ।पर्साको बीरगन्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । बीरगन्ज नारायणी अस्पताल तथा निजी क्लीनिकमा दिनहुँ डेङ्गु र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन थालेका छन् । नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन् । खासगरी वीरगन्ज बाहिरबाट आएका नागरिकमा बढीजसो डेङ्गु र स्क्रब टाइफसको लक्षण देखिएको उनले बताए । बिरामीको सङ्ख्या बढ्न थालेपछि चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।

 

 

हाल दैनिक रुपमा १५ देखि २० जनामा डेङ्गु र स्क्रब टाइफसका बिरामी अस्पताल भर्ना हुन थालेका चिकित्सकले बताएका छन् । बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला रातो डाबर आउने जस्ता लक्ष्यण देखिने गरेको डा सिहले बताए ।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

वडा नम्बर २ क्षप्कैया टोलमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा शुक्रबार घरदैलो कार्यक्रम

थारु एक्सप्रेस

स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा सोमबार मुर्लिमा घरदैलो कार्यक्रम सम्पन

थारु एक्सप्रेस

मोटरसाईकल दुर्घटना हुदा बीरगंजमा दुई जनाको मृत्यु

थारु एक्सप्रेस