TharuExpress
मुख्य समाचार समाचार स्थानिय स्वास्थ्य

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले बिश्व मुख स्वास्थ दिवशको अवसरमा निशुल्क O.P.D सेवा संचालन

वीरगंज ७ चैत पुनम चौधरी / बिश्व मुख स्वास्थ दिवशको अवसरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजले बुधबार आज दात मुख चेक जाचमा निशुल्क O.P.D सेवा संचालन गरेको छ l

बिश्व मुख स्वास्थ दिवशको अवसरमा चैत्र १ गते देखि एक महिनाको लागि O.P.D सेवा निशुल्क गर्नुको साथै एक महीनाको लागि मुख र दातको सम्पूर्ण चेक जाचमा १०प्रतिशत  छुट दिने घोषणा गरेको छ l मुख र दातको समस्याले स्वास्थ प्रतिकुल असर पर्ने हुनाले मुख र दातको समस्यालाई  उपचारको  माध्यम बाट  यथासिघ्र निराकरण गर्नु पर्ने डा. कौशल कुमार सिंह भनेका छन l

उहाले विशेष गरी गर्भवती महिलामा मुखको तथा दातको समस्याले जन्मिने बच्चाको स्वस्थमा प्रतिकूल असर पर्ने बताएका छन l सकभर फलफुल र काचो सलाद खानाले मुख र दातको समस्या कम हुने बताएका छन l

content left

साथै बच्चाहरुलाई दातमा टासिने बस्तु जस्ते चकलेट चिगम नदीन सलाह डा. सिंह ले दिएका छन l दात र मुखको समस्या बाट बच्न  खाना खाने बितिकै ब्रस गर्न उच्चित हुने बताएका छन l अन्तमा उनले हेल्थी माउथ फॉर हेल्थी बॉडीमा जोड़ दिएका थिए l

प्रतिक्रिया लेख्नुहोस

Related posts

अभिभावकाहरुले वृद्धि गरिएकाे शुल्क नतिरेपछि विद्यालयले संचालन गरेकाे परिक्षाकाे नतिजा रोकियो

थारु एक्सप्रेस

थारू कल्याणकारी सभा,पर्साद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न…..

थारु एक्सप्रेस

नारायणी नदीमा पानीकाे सतहबढ्दै सतर्कता अपनाउ आग्रह

थारु एक्सप्रेस