TharuExpress
Uncategorized

पर्सा–बाराका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा, को कहाँ पुगे?

  • अजित धामी चौधरी ३१ भदौ
    जिराभवानी
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्सा र बाराका विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको छ। एकैपटक ठूलो संख्यामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि दुवै जिल्लाका स्थानीय तहको प्रशासनिक नेतृत्वमा फेरबदल हुने भएको छ।
    सरुवाअन्तर्गत पर्साको जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरीको गृह मन्त्रालय, काठमाडौं वा अन्तर्गत सरुवा भएको छ। उनको स्थानमा पर्साकै धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडालाई जिराभवानी गाउँपालिकामा सरुवा गरिएको छ।
    त्यस्तै, पकाहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको पनि गृह मन्त्रालय, काठमाडौं वा अन्तर्गत सरुवा भएको छ। उनको स्थानमा जिल्ला समन्वय समिति, पर्साका प्रमुख प्रशासकीय अधिकृत सुमितकुमार सिंहलाई पकाहाँ मैनपुर गाउँपालिकामा सरुवा गरिएको छ।
    बाराको विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिलप्रसाद केशरीलाई पर्साको जगनाथपुर गाउँपालिकामा सरुवा गरिएको छ। जगनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवलाई बाराको विश्रामपुर गाउँपालिकामा सरुवा गरिएको छ।
    यसैगरी, पर्साको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताको गृह मन्त्रालय, काठमाडौं वा अन्तर्गत सरुवा भएको छ। उनको स्थानमा रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवाज हुसैनलाई पटेर्वा सुगौली गाउँपालिकामा सरुवा गरिएको छ।
    छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साहलाई सर्लाहीको पर्सा गाउँपालिकामा सरुवा गरिएको छ। उनको स्थानमा गृह मन्त्रालयमा कार्यरत सर्वजितकुमार झालाई छिपहरमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएको छ।
    त्यस्तै, सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीवकुमार यादवलाई पर्साकै धोबिनी गाउँपालिकामा सरुवा गरिएको छ। सखुवा प्रसौनी गाउँपालिकामा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहालाई सरुवा गरिएको छ।
    उता, बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारलाई बाराकै फेटा गाउँपालिकामा सरुवा गरिएको छ। उनको स्थानमा बाराको देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय यादवलाई परवानीपुर गाउँपालिकामा सरुवा गरिएको छ।
    सरुवासँगै जिराभवानी, पकाहाँ मैनपुर, जगनाथपुर, पटेर्वा सुगौली, छिपहरमाई, सखुवा प्रसौनी, धोबिनी, विश्रामपुर, परवानीपुर र फेटालगायतका स्थानीय तहको प्रशासनिक नेतृत्व परिवर्तन हुने भएको छ।
    नयाँ प्रमुख प्रशासकीय अधिकृतहरूले सम्बन्धित स्थानीय तहमा प्रशासनिक कामकारबाही, सेवा प्रवाह तथा विकास योजना कार्यान्वयनको जिम्मेवारी सम्हाल्नेछन्।
प्रतिक्रिया लेख्नुहोस

Related posts

सावन महिनाको तेस्रो सोमबार ब्रत बसी शिवजीको पूजा आराधना गरिदै

थारु एक्सप्रेस

प्रदीप खण्डेलवाल मेमोरियल ट्रस्टको आठौँ वार्षिकोत्सवमा ६९ जनाले गरे रक्तदान

थारु एक्सप्रेस

थारु साहित्यको १०औँ राष्ट्रिय सम्मेलन पर्सामा हुने

थारु एक्सप्रेस