TharuExpress
समाचार

पर्सामा घरमा लुकाइराखेको १८ किलो ७०० ग्राम गाँजा सहित ७० वर्षीय महतो पक्राउ…

बीरगंज ,भदौ २५

 

पर्सामा प्रहरीले घरभित्र लुकाइछिपाइ राखेको ठूलो परिमाणको गाँजा सहित एक जनालाई पक्राउ गरेको छ।

लागूऔषध गाँजा लुकाईछिपाई राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान ५ बजे पटेर्वा सुगौली गाउँपालिका–४ भथौरा स्थित एक घरमा खानतलासी गरेको थियो।

content left

खानतलासीका क्रममा स्थानीय ७० वर्षीय दुखी महतोको घरभित्र प्लास्टिक सहित १८ किलो ७०० ग्राम गाँजा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजा बरामद गर्नुका साथै महतोलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका महतोमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी शेर मल्लले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस

Related posts

चौथो दिन लालबन्दी पुग्यो मिटरब्याजविरुद्धको पैदल न्याय मार्च, एक साताभित्र काठमाडौँ पुग्ने लक्ष्य

थारु एक्सप्रेस

बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्युु

थारु एक्सप्रेस

थारु कल्याणकारी पर्साको बैठक सम्पन्न

थारु एक्सप्रेस