TharuExpress
Uncategorized

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने


जिराभवानी २१ भदौं।
जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट ५ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने भएको हो।
गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हालै देशका विभिन्न जिल्लामा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै प्रभावित नेपाली तथा विदेशी नागरिकको शीघ्र उद्धार तथा स्वास्थ्यलाभको कामना गरिएको छ।
गाउँ कार्यपालिकाको बैठकले निर्वाचित जनप्रतिनिधिहरूको एक महिनाको सुविधा बराबरको रकम बाढीपीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। त्यस्तै गाउँपालिकाका स्थायी कर्मचारीका हकमा नेपाल सरकारको निर्णयबमोजिम आर्थिक सहयोग गर्ने तथा करार कर्मचारीबाट समेत निश्चित रकम कट्टा गरी सहयोग गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
गाउँपालिकाका अध्यक्ष अनोेज चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपद्का बेला सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको भन्दै प्रभावित नागरिकको राहत, उद्धार, व्यवस्थापन तथा पुनर्निर्माणमा गाउँपालिका प्रतिबद्ध रहेको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

मिस्टर एन्ड मिस थारु बिरगंजमा  छ्नौट, भब्यरुपले सम्पन्न

थारु एक्सप्रेस

विधालय ब्यवस्थापनमा कमजोरीका कारण सामुदायिक विधालयको गुणस्तर दिन प्रतिदिन खस्कीदै

थारु एक्सप्रेस

थारु साहित्यको १०औँ राष्ट्रिय सम्मेलन पर्सामा हुने

थारु एक्सप्रेस