TharuExpress
Uncategorized

उच्च अदालतको परमादेशपछि कोडेकलाई मल वितरण खुला, उपाध्यक्ष महतोको निर्णय बद

रामकिशोर चौधरी सखुवाप्रसौनी २३ पुस।
उच्च अदालत जनकपुरले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–२ स्थित कोडेक कृषि सहकारी संस्था लिमिटेड लाई मल वितरण गर्न रोक लगाउने निर्णय बदर गर्दै परमादेश जारी गरेको छ।
अदालतले मुद्दा नं. ०८२–WO–०२०५ (परमादेश) मा मिति २०८२/०९/२१ मा फैसला गर्दै, मल वितरण व्यवस्थापन समितिकी संयोजक तथा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्ट महतोको पहलमा गरिएको मल वितरण रोक्का निर्णयलाई कानून विपरीत ठहर गरेको हो।
फैसलामा उपाध्यक्ष महतोले आफ्नै निर्णयका आधारमा कोडेक कृषि सहकारीलाई मल वितरण गर्न रोक लगाएको देखिए पनि, उक्त निर्णय कानूनी प्रक्रिया र निर्देशिकाविपरीत रहेको स्पष्ट उल्लेख गरिएको छ। अदालतले सखुवा प्रसौनी गाउँपालिकाको अनुमति प्राप्त अवस्थामा कोडेक कृषि सहकारीले मल वितरण गरिरहेको हुँदा, जानकारी नदिई, एकपक्षीय रूपमा र प्रक्रिया पूरा नगरी लगाइएको रोक गैरकानूनी भएको ठहर गरेको छ।
यसैगरी, उच्च अदालतले मल वितरण व्यवस्थापन समितिको निर्देशिका, २०७७ (२६)–१ विपरीत बेलमाई कृषि सहकारी संस्था लिमिटेड लाई मल विक्रेता तोक्ने गरी मिति २०८२/०४/२३ मा गरिएको निर्णयलाई समेत उत्प्रेषणको आदेशद्वारा बदर गरेको छ।
अदालतले परमादेश जारी गर्दै निवेदक कोडेक कृषि सहकारी संस्था लिमिटेड समेतलाई समेटी सम्बन्धित सरोकारवाला निकायहरूले कानून बमोजिम, निष्पक्ष र उचित निर्णय गरी मल वितरणको व्यवस्था गर्न विपक्षीहरूको नाममा निर्देशन दिएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

सामाजिक हैसियत देखाउने प्रतिस्पर्धाका कारण आर्थिक बोझ थपिदै

थारु एक्सप्रेस

मिस्टर एन्ड मिस थारु बिरगंजमा  छ्नौट, भब्यरुपले सम्पन्न

थारु एक्सप्रेस

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति काठमाडौंद्वारा सामूदायिक बिद्यालय बन्द गर्ने अह्वान, पर्साको ग्रामीण भेगमा पूर्ण रुपमा प्रभावित

थारु एक्सप्रेस