बीरगंज , भदौ २१
अजित धामी चौधरी
पर्साको पर्सागढी नगरपालिका–३ बाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नम्बर ३ का ६० वर्षीय गोरे लामा रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले शनिबारराति लामाको घरमा छापा मारेको थियो। त्यसक्रममा प्रहरीले घर खानतलासी गर्दा ड्रमभित्र लुकाइछिपाई राखिएको अवस्थामा करिब ४० किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
गाँजा बिक्री–वितरण तथा भण्डारणमा संलग्न रहेको अभियोगमा लामालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस
