TharuExpress
समाज

वीरगञ्ज–२४ रमघडवास्थित थारु धर्मशालाको पहिलो तल्लाको ढलान सम्पन्न

वीरगञ्ज ,असार २३

वीरगञ्ज महानगरपालिका–२४ रमघडवा, ज्ञानदा स्कुल नजिक निर्माणाधीन थारु धर्मशालाको पहिलो तल्लाको ढलान सम्पन्न भएको छ।

 

content left

प्रदेश मन्त्री शंकर प्रसाद चौधरी र थारु कल्याणकारिणी सभा, पर्साको संयुक्त पहल तथा समन्वयमा धर्मशालाको पहिलो तल्लासम्मको निर्माण कार्य सम्पन्न भएको हो।

 

थारु समुदायका सामाजिक, सांस्कृतिक तथा धार्मिक गतिविधिलाई व्यवस्थित र सहज बनाउन धर्मशाला निर्माण गरिएको जनाइएको छ। धर्मशालामा विवाह, व्रतबन्ध, पारिवारिक तथा सामाजिक भेला, सांस्कृतिक कार्यक्रमलगायत विभिन्न सामुदायिक गतिविधि सञ्चालन गर्न सकिने व्यवस्था रहनेछ।

 

थारु समुदायका अगुवाहरूले धर्मशाला निर्माणले समुदायको परम्परा, संस्कृति र सामाजिक एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। साथै, यसले समुदायका विभिन्न कार्यक्रम सञ्चालनका लागि स्थायी र व्यवस्थित स्थल उपलब्ध गराउने उनीहरूको भनाइ छ।

 

निर्माण समितिका अनुसार बाँकी निर्माण कार्य पनि निर्धारित समयमै सम्पन्न गरी धर्मशालालाई छिट्टै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। निर्माण सम्पन्न भएपछि यो धर्मशाला थारु समुदायका लागि महत्वपूर्ण सामुदायिक पूर्वाधारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

सेढवामा एक जना यूवकद्वारा आत्महत्या

थारु एक्सप्रेस

आफ्नै छोरीलाई बलत्कार गर्दै आएका एकजना नवनिर्वाचित वडा सदस्य पक्राउ

ranjityadav

पर्साको पर्सागढी नगरपालिका बढनियार स्थित पुन्त खोलामा एक महिलाको शव फेला

थारु एक्सप्रेस