TharuExpress
खेलकुद शिक्षा

दिपनारायण आदर्श नमुना माविमा छात्राहरूका लागि आत्मरक्षा तालिम उत्साहजनक रूपमा जारी

वीरगन्ज , असार २५

आर. के. चौधरी

 

 

पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–२ स्थित श्री दिपनारायण आदर्श नमुना माध्यमिक विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत छात्राहरूका लागि सञ्चालन गरिएको १० दिने आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम तेस्रो दिनसम्म उत्साहजनक रूपमा जारी रहेको छ।

 

content left

शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधाम, धनुषा, मधेश प्रदेशको आयोजनामा असार २२ गतेदेखि असार ३१ गतेसम्म सञ्चालन हुने उक्त तालिममा ३० जना छात्राहरूको सक्रिय सहभागिता रहेको छ।

तालिममा छात्राहरूलाई आत्मरक्षाका आधारभूत सीप, शारीरिक तन्दुरुस्ती, आत्मविश्वास अभिवृद्धि तथा आकस्मिक परिस्थितिमा आफूलाई सुरक्षित राख्ने व्यावहारिक अभ्यास गराइँदै आएको छ। प्रशिक्षकको प्रत्यक्ष निर्देशनमा दैनिक अभ्यास भइरहेकाले सहभागी छात्राहरूले उत्साहका साथ तालिम लिइरहेका छन्।

 

विद्यालयका प्रधानाध्यापक शिवनाथ चौधरीले यस्ता तालिमले छात्राहरूलाई आत्मनिर्भर, आत्मविश्वासी र सुरक्षित बन्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार तालिममा सहभागी सबै ३० जना छात्राहरू नियमित रूपमा उपस्थित भई सक्रियतापूर्वक अभ्यास गरिरहेका छन्।

 

छात्राहरूको क्षमता अभिवृद्धि र सुरक्षाप्रति सचेतना बढाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले विद्यालय तथा स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको विद्यालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पौडेलको लुम्बिनी लाइन्सद्वारा NPL उपाधि कब्जा; रोसिङटनको सर्वाधिक रन, विकेटमा तीन जनाको संयुक्त राज।

थारु एक्सप्रेस

सिमरामा क्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कप प्रतियोगिता हुने

थारु एक्सप्रेस

एनपीएल इलिमिनेटर : काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य

थारु एक्सप्रेस