TharuExpress
आर्थिक समाज

गरिमा विकास बैंकका ऋणीद्वारा प्रहरी कार्यालय मलंगवामै आत्मदाहको प्रयास

बीरगञ्ज, २४ मंसिर । गरिमा विकास बैंक मलंगवाका ऋणी नथुनी मुखियाले बैंकको व्यवहारबाट पीडित भएको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीको प्राङ्गणमै आफूलाई पेट्रोल छर्की आगो लगाई आत्मदाह प्रयास गरेका छन्। अचानक आगो लागेको देखेपछि प्रहरी टोलीले उनलाई तत्काल उद्धार गरी ज्यान जोगाएको थियो।
मुखियाले बैंकले सम्झौता र कानुनी प्रक्रिया विपरीत आफ्नो सम्पत्ति लिलामी गरी आफूलाई आर्थिक रूपमा असहाय बनाएको आरोप लगाएका छन्। उनका अनुसार बैंकका कर्मचारी तथा अधिकारीले ऋणीको समस्यामा चासो नदिई उल्टै विभिन्न चालबाजीमार्फत थप पीडा पुर्‍याएका छन्।
उनले प्रहरी र प्रशासनसमेत बैंकसँग मिलेमतो गरी आफ्नो गुनासो बेवास्ता गरेको दाबी गरेका छन्। यही अन्याय र असहयोगकै कारण मानसिक रूपमा विचलित बनेर यस्तो चरम कदम चाल्न बाध्य भएको उनले बताएका छन्।
घटनापछि जिल्ला प्रहरी कार्यालय परिसर केही समय तनावग्रस्त बनेको थियो। प्रशासनले सुरक्षाकर्मी परिचालन गर्दै स्थिति नियन्त्रणमा ल्याएको छ। घटनाबारे विस्तृत छानबिन सुरु भएको प्रहरीले जनाएको छ।
स्थानीयवासीले ऋणीका समस्यामा बैंक तथा सम्बन्धित निकायले समयमै ध्यान नदिए यस्ता घटनाहरू दोहोरिन सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस

Related posts

वीरगंजमा भोली थारू माघी [खिंचड़ी] मनाईने

थारु एक्सप्रेस

पर्सागाढ़ी नगरपालिकामा दैनिक रुपमा वनजंगल फडानी हुदै

थारु एक्सप्रेस

श्याम प्रसाद गुप्ताद्वारा बिर्ता सोमबार घरदैलो कार्यक्रम सम्पन

थारु एक्सप्रेस