TharuExpress
मुख्य समाचार शिक्षा समाचार समाज स्थानिय

पर्साको जिराभवानी गापाका सामुदायिक विद्यालयप्रति अभिभावकहरु आकर्षितहुँदै

मेघराज राय जिराभवानी असार  ६  पछिल्लो समय जिराभवानी गाउँपालिकामा केही सामुदायिक विद्यालयहरुप्रति अभिभावकहरु आकर्षित भएका छन । विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्न थालेपछि विद्यालयमा विद्यार्थीहरुको आकर्षण समेत बढेको छ । जिराभवानी गाउँपालिका वार्ड नम्बर १मा रहेका श्री ने .रा.माध्यमिक विद्यालय कठ्कुईया बस्नतपुर प्रती जिराभवानी गाउँपालिका १का अभिभावकहरु आकर्षित हुँदै गएको छ।श्री सरस्वती आधारभूत विद्यालय जिराभवानी ५ शंकरसरैया श्री बनसक्ती प्रा बि २ काठमाडौटोल श्री ने .रा .मा .वि.सेढ्वा बिर्ता २ श्री नेरा प्राबी गम्हरीया महादेवपट्टि श्री बितो महतो जन्ता मा .वि .नौकाटोला जितपुर ३ यसका उदाहरण हुन । अन्य केही विद्यालय समेत सुधारउन्मुख तर्फ रहेका छन । श्री ने .रा .माध्यमिक विद्यालय सेढ्वा बिर्तामा करिब ११ सय विद्यार्थी रहेका छन । त्यस्तै सरस्वती आधारभूत विद्यालय शंकरसरैयामा ३३१ बढी विद्यार्थी रहेका छन भने कठकुईया बसन्तपुर मा .वि. विद्यालयमा विद्यार्थी संख्या करिब ५८६ जना बिद्यार्थी रहेको छ ।कठकुईया बसन्तपुर मा .वि.मा कृपासिन्धु प्रसाद पटवारी सरस्वती आ .वि .शंकरसरैया५ मा सम्भु प्रसाद दास र श्री ने .रा .मा.वि सेढवा बिर्तामा खेमराज महतोले विद्यालयको नेतृत्व गर्नुभएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि भएपछि विद्यार्थी संख्या समेत बढ्दै गएको पाइएको छ ।जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको संयोजगत्वमा प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी आए लगत्तै शिक्षा शाखाका प्रमुख शिवराज फुयाल लगायतको टोलीले विकास निर्माणका कार्यका साथै विद्यालय क्षेत्रमा पटक–पटक अनुगमन गर्ने गरेको छ । यो टोलीले ने .रा .मा.वि. सेढवा बिर्ता र कठकुईया बसन्तपुर मा .वि. विद्यालय जस्तै बाटोमा हिड्न केही विद्यालयलाई सुझाव दिने गरेको छ । जिराभवानी गाउँपालिकाका शिक्षा शखाका प्रमुख शिवराज फुयालले पालिकाको शिक्षाको गुणस्तर अझै बृद्धि गर्न तर्फ अग्रसर भएको बताउनुभएको छ । उहाँले सामुदायिक विद्यायका समस्या समाधान गर्न सदैव पालिका तयार रहेको बताउनु भयो ।
प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

बिल विजक भन्दा बढि अवैध रुपमा भन्सार छलेर लैजादैं गरेको माल समान सहित एक ट्रकप्रहरीको नियन्त्रणमा

थारु एक्सप्रेस

सम्मान तथा कपी कलम बितरण कार्यक्रम सम्पन

थारु एक्सप्रेस

स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा मोटरसाइकल र रिक्सा रैली

थारु एक्सप्रेस