TharuExpress
खेलकुद

एनपीएल इलिमिनेटर : काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य

२४ मंसिर, काठमाडौँ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर अन्तर्गतको खेलमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ गोर्खाज १९.१ ओभरमै अल–आउट हुँदै १११ रनमा समेटियो।
टिमका लागि सन्तोष यादवले सर्वाधिक २३ रन जोड्दा जोन सिम्पसन र मोहमद आदिल आलमले समान १८–१८ रन योगदान दिए। भिम सार्कीले १४ रन जोडे।

बलिङतर्फ लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ३–३ विकेट लिए। रुबेन ट्रम्पेलम्यानले २ विकेट झारे भने अभिषेक गौतमले १ विकेट लिए।

content left

लुम्बिनीले अब जितका लागि ११२ रन बनाउनु पर्नेछ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पौडेलको लुम्बिनी लाइन्सद्वारा NPL उपाधि कब्जा; रोसिङटनको सर्वाधिक रन, विकेटमा तीन जनाको संयुक्त राज।

थारु एक्सप्रेस

महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटे

थारु एक्सप्रेस

उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँग महाभिडन्त

थारु एक्सप्रेस