TharuExpress
खेलकुद

एनपीएल इलिमिनेटर : काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य

२४ मंसिर, काठमाडौँ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर अन्तर्गतको खेलमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ गोर्खाज १९.१ ओभरमै अल–आउट हुँदै १११ रनमा समेटियो।
टिमका लागि सन्तोष यादवले सर्वाधिक २३ रन जोड्दा जोन सिम्पसन र मोहमद आदिल आलमले समान १८–१८ रन योगदान दिए। भिम सार्कीले १४ रन जोडे।

बलिङतर्फ लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ३–३ विकेट लिए। रुबेन ट्रम्पेलम्यानले २ विकेट झारे भने अभिषेक गौतमले १ विकेट लिए।

content left

लुम्बिनीले अब जितका लागि ११२ रन बनाउनु पर्नेछ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

जिराभवानी गाँउपालिका वडा नं ४ सुपौलीमा  हिजोदेखि दोस्रो जिराभवानी मेयर कप २०८१ शुरु

थारु एक्सप्रेस

जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु

थारु एक्सप्रेस

नेपालसंग मलेसिया २५ रनले पराजित

ranjityadav