TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

छोरीको हत्या गरेको आरोपमा बुवा पक्राउ

९ माघ,पर्सा  । जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै छोरीको हत्या गरेको आरोपमा बुवालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा पाँच महिना अगाडि भेटिएको एक महिलाको हत्यामा संलग्न रहेको भन्दै पर्सा प्रहरीले मृतकका बुवालाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

जिल्लाको जिराभवानी गाउँपालिका निवासी हरेन्द्र महतोलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । गएको भदौंको दोस्रो साता जिराभवानी गाउँपालिकामा टाउँको नभएको एक महिलाको शव फेला परेको थियो ।
content left

जिराभवानीको हुलाकी सडकखण्डस्थित इमृती खोलामा टाउँको नभएको अवस्थामा शव फेला परेको थियो । कुहिएको अवस्थामा खोलाको डीलमा शरीर मात्रै भएको शव फेला परेको प्रहरीले जनाएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

डा. कृपासिन्धु चौधरी जसपा नेपालमा प्रवेश, पर्सा–४ बाट उम्मेदवार तय

थारु एक्सप्रेस

बिद्यापती नगरमा शनिबार सरसफाई कार्यक्रम सम्पन

थारु एक्सप्रेस

मुर्लीमा सञ्चालित विद्यासदन माविकी साबना खातुनद्वारा आत्महत्याको प्रयास

थारु एक्सप्रेस