TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

छोरीको हत्या गरेको आरोपमा बुवा पक्राउ

९ माघ,पर्सा  । जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै छोरीको हत्या गरेको आरोपमा बुवालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा पाँच महिना अगाडि भेटिएको एक महिलाको हत्यामा संलग्न रहेको भन्दै पर्सा प्रहरीले मृतकका बुवालाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

जिल्लाको जिराभवानी गाउँपालिका निवासी हरेन्द्र महतोलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । गएको भदौंको दोस्रो साता जिराभवानी गाउँपालिकामा टाउँको नभएको एक महिलाको शव फेला परेको थियो ।
content left

जिराभवानीको हुलाकी सडकखण्डस्थित इमृती खोलामा टाउँको नभएको अवस्थामा शव फेला परेको थियो । कुहिएको अवस्थामा खोलाको डीलमा शरीर मात्रै भएको शव फेला परेको प्रहरीले जनाएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्साको जगरनाथपुरबाट २ सय केजी बढी गाँजा सहितकाे ट्याक्टर पक्राउ,चालक र तस्कर फरार

थारु एक्सप्रेस

बिशेष सुराकीको अधारमा गोलिया बरामद

थारु एक्सप्रेस

सेढवामा एक जना यूवकद्वारा आत्महत्या

थारु एक्सप्रेस