TharuExpress
समाज स्थानिय

वीरगञ्जमा पनि देखियो नेपाल संवत ११४३ को उत्सव, सबै समुदायको उपस्थिती

 

बीरगन्ज, ९ कार्तिक-नेपाल सम्बत ११४३ र नेवारी समुदायको पर्व म्ह पूजा बीरगन्जमा पनि मनाइएको छ । नेपाल आफ्नो सम्बत नेपाल सम्बत अर्थात नयाँ वर्ष शुरु भएको अवसरमा बीरगन्जमा  र्‍याली निकालिएको थियो । नेपाल सम्बत ११४३ को अवसरमा आयोजित कार्यक्रममा सहभागी हुदैं मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शुभकामना नेपाल सम्बतको अवसरमा शुभकामना व्यक्त गरे । उनले नेपाल संवत सम्पुर्ण नेपालीहरुको भएको हुँदा नेवार समुदाय मात्र नभई सबै समुदायको उपस्थितिमा नेपाल संवत मनाइएको खुशी व्यक्त गरे ।

नेपाल संवत् ११४३ को अवसरमा वीरगञ्जमा विभिन्न समुदायका व्यक्तिहरुको उपस्थितीमा प्रभातफेरी निकालिएको छ । वीरगञ्जको अलखियामठस्थित बाल उद्यान पार्कबाट नेवार समुदाय मात्रै नभएर फरक फरक समुदायका व्यक्तिहरुको उपस्थितीमा प्रभातफेरी निकालिएको हो ।

content left

सो अवसरमा नेवा दे दवो पर्सासहित बीरगन्जबासीको संयुक्त आयोजनामा प्रभातफेरी थियो । बालउद्यान पार्कबाट निकालिएको प्रभातफेरि आदर्शनगर, माइस्थान, घण्टाघरबाट मिनाबजार, ६ नम्बर गेट, गणेशमान चोकबाट बिर्तास्थित नेपाल संवतको शुरुवात गर्ने राष्ट्रिय विभूति शङ्खधर साख्वाको शालिकमा पुगेर टुंगिएको थियो ।

प्रभातफेरिमा मधेश प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी, पूर्वमन्त्री प्रदिप यादव, बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, नेता अजय द्विवेदी, बीरगन्ज महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष हिराकाजी श्रेष्ठ लगायत विभिन्न समुदायका व्यक्तिहरुको उपस्थिती रहेको नेवा द दवो पर्साका कार्य समिति सदस्य सौराज प्रधानले जानकारी दिए ।

नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने नेपाल संवतको राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा शुरुआत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्साको जिराभवानीमा भार्तिय चोरीपैठारीको राङ्गा भैंसी सशस्त्र प्रहरी द्वारा पक्राउ

थारु एक्सप्रेस

वीरगन्जको ड्राइपोर्ट नजिकै मालवाहक ट्रकले ठक्कर दिँदा एक जना बृद्धको मृत्यु

थारु एक्सप्रेस

जिराभवानी गाँउपालिका वडा नं ४ सुपौलीमा  हिजोदेखि दोस्रो जिराभवानी मेयर कप २०८१ शुरु

थारु एक्सप्रेस