TharuExpress
मुख्य समाचार समाज स्थानिय

छठपर्व ब्रतालु महिलाहरूलाई साडी वितरण

 

१२पर्सा कार्तिक /  राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाकाे मेवाका छठपर्व ब्रतालु महिलाहरूलाई आज एक कार्यक्रमका बीच साडी वितरण गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर ३ मेवामा रहेकाे ७०० सय भन्दा बढी घरधुरीलाई साडी सेट वितरण गरिएकाे वडा अध्यक्ष यादवले जानकारी गराउनु भयाे

। शुक्रवार साे वडाकाे मेवा टाेलका महिलाहरू लाई साडी वितरण गरिएको छ । वडा अध्यक्ष रामेश्वर प्रसाद यादव ले हिन्दूहरुको महान पर्ब छठको उपलक्ष्यमा साड़ी सेट बितरण गरेका छन् । छठ पर्वलाई लक्षित गरी वडा भरिका छठ गर्ने महिलाहरुलाई सहयोग पुगोस भनेर वडा अध्यक्ष यादवले गाउँ भरिका महिलाहरू लाई साड़ी सेट बितरण गरेका छन । वितरणकाे क्रममा रामाशंकर यादव कार्यपालिका सदस्य कामेशवर पंडित, नन्दु बैठा, ओमप्रकाश यादव लगायतका स्थानियहरू सहभागिता रहेकाे रामाशंकर यादवले जानकारी गराएकाे छ।

 

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्युु

थारु एक्सप्रेस

जिराभवानी गाउँपालिकाको अध्यक्ष अनोज चौधरी सर्वसाधारणको संवादमा नआउदा कार्यकक्षमा तालाबन्दी

थारु एक्सप्रेस

पर्सा गढी युवा समाज द्वारा प्रथम साधारणसभा सप्पन्न.

थारु एक्सप्रेस