पुनम चौधरी पर्सा वीरगंज४ कार्तिक / चाडपर्वको मौका छोपेर उपभोग्य वस्तु देखि लिएर दिपावलीको समयमा घरमा सजावने समान दियो झालरबती उपभोग्य बसतु फल फुल अत्यधिक मूल्य वृद्धि हुँदा पनि कसैको ध्यान नगएकोप्रति बीरगंजमहानगर पलिकाका उपभोक्ताले गुनासो गरेका छन् ।
दीपावलीको पूर्वसन्ध्यामा बजारमा दैनिक उपभोग्य वस्तुहरु तथा दीपावलीका सामग्रीहरुमा विगतका वर्ष भन्दा २० प्रतिशतले बढेको स्थानीय बताएका छन । चुनावको मुखमा बजार भाउ बढिरहँदा पनि स्थानीय प्रशासन, स्थानीय निकाय तथा केन्दीय सरकार कसैको पनि आकाशिएको बजारमूल्य नियन्त्रण तथा अनुगमन गर्ने काम नगरेकाले उपभोक्ता निराश भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस
