TharuExpress
समाज स्थानिय

एम्बुलेन्सबाट भन्सार छलीको सामान बरामद

 

वीरगंज कार्तिक  ३  / धनुषाको जनकपुर उप–महानगरपालिका वडा नम्बर–१७ कटरैटमा प्रहरीले एम्बुलेन्सबाट भन्सार छलीको सामान बरामद गरेको छ । मे. १ च ३५० नम्बरको एम्बुलेन्सबाट तस्करीको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले बताए ।

सो एम्बुलेन्स माई भ्याली बचत तथा ऋण सहकारी संस्थाले सञ्चालनम गर्दै अएको छ  । एम्बुलेन्स चेकजाँच गर्दा १ बोरा पटाका, बदाम, पापड र आल्मोन्ड बरामद गरिएको डिएसपी क्षेत्रीले जानकारी दिए ।

content left

भारतको जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको सो एम्बुलेन्सलाई ईलाका प्रहरी कार्यालय तारापट्टिबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा  समान बरामद भाएको छ  l  कारवाही को लागी एम्बुलेन्समा सामानसहित भन्सार कार्यालय जनकपुरमा पठाइने डीएसपी क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजना पक्राउ

थारु एक्सप्रेस

पर्साको पर्सागढी नगरपालिका बढनियार स्थित पुन्त खोलामा एक महिलाको शव फेला

थारु एक्सप्रेस

ओषधी,खाद बिना खेती गर्न सकिने [जगत पंजियार] कृषकको भनाई

थारु एक्सप्रेस