TharuExpress
समाचार स्थानिय

मध्य नेपाल सप्ताहिक पत्रिकाको छैठो बार्षिक उत्सव तथा नेतृत्वमा युवा कि पाका बिषयक अन्र्तक्रिया सम्पन्न

भदौ,१२ विरगंज

महिला पत्रकारहरुको सक्रियतामा वीरगंजबाट प्रकाशति मध्य नेपाल सप्ताहिक पत्रिकाको छैठो बार्षिक उत्सव तथा नेतृत्वमा युवा कि पाका बिषयक अन्र्तक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । पत्रिकाका सम्पादक कबिता खड्काको अध्यक्षता एवं वन तथा वातावरण मन्त्री प्रदिप यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वक्ताहरुले नेतृत्वको लागि युवाको जोस र पाकाको होस दुवै आवश्यक पर्ने कुरामा जोड दिएका थिए । वक्ताहरुले उमेर भन्दा पनि काम र क्षमताले युवा हुनुपर्ने र क्षमतावानले नेतृत्व गरे मात्र देश अघि बढने बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ महोत्तरीका कार्यवाहक अध्यक्ष सुमिता बराललाई दस हजार एक सय नगद,दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो । त्यसैगरी वीरगंजबाट प्रकाशित भोजपुरी टाईम्स दैनिक पत्रिकाका सम्पादक अजय चौरसिया, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ता, किरण आँखा अस्पतालका नेत्र रोग बिशेषज्ञ डा अमर क्याल, भवानी हस्पिटलका रामराज श्रेष्ठ, होटल कुमु प्यालेशका कुवेर कार्की, हकर सतिश वर्णवाललाई कार्यक्रमका प्रमुख अतिथी प्रदिप यादवले दोसल्ला र सम्मान पत्रले सम्मानित गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव दिपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पुर्व उपमेयर शान्ति कार्की,पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल,भुमिहिन आयोग पर्साका अध्यक्ष तबरेज अहमद ,नेपाली काँग्रेसका नेतृ रम्भा मिश्र लगायतकाले शुभकामना मन्तव्य राखेको थिए । होटल कुमुमा आयोजित कार्यक्रमको सहजिकरण लक्ष्मी खरेलले गरेकि थिइन ।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

पर्साको जिराभवानी गाँउपालिकामा फेरी एक जना युवतीद्वारा आइतवार आत्महत्या

थारु एक्सप्रेस

पर्साको जिराभवानी गाउँपालिकामा राष्ट्रिय भूमी आयोगको आयोजनामा भूमि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

थारु एक्सप्रेस