TharuExpress
समाचार

भोटेकोशी बाढीमा १ हजार ३४१ शव फेला, ४ हजार ४४ जना अझै बेपत्ता

वीरगञ्ज, भदौ २२ 

अजित धामी

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ भने ४ हजार ४४ जना अझै सम्पर्कविहीन रहेका छन्।

प्रहरी प्रधान कार्यालय, नक्सालले आइतबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ३२५ महिला, ५२३ पुरुष४९३ शव पहिचान गर्न नसकिने अवस्थामा रहेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीनमध्ये २ हजार ८६३ जना स्वदेशी पुरुष, ५७५ जना स्वदेशी महिला, २६९ जना विदेशी पुरुष, ३३२ जना विदेशी महिला र पाँच जना अन्य रहेका छन्।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये १ हजार ३७ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ।

बाढीपछि हालसम्म ९ हजार १५१ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।

यसैगरी, मृतक १ हजार २८६ जना र मृतकका आफन्त १ हजार १८६ जना गरी कुल २ हजार ४७२ जनाको डीएनए नमुना सङ्कलन गरिएको छ। बेपत्ताको पहिचान तथा फेला परेका शवको सनाखतका लागि डीएनए नमुना सङ्कलनलाई प्राथमिकताका साथ अघि बढाइएको प्रवक्ता काफ्लेले बताउनुभयो।

भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ। बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र सम्बन्धित सरकारी निकाय निरन्तर परिचालित भइरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस

Related posts

बारा बस दुर्घटना :मृत्यु हुनेको संख्या १७ पुग्यो, मृतक सबैको सनाखत

थारु एक्सप्रेस

रक्सौलमा ९.६० ग्राम ब्राउन सुगरसहित दुई नेपालीसहित तीन जना पक्राउ, लागूऔषध सञ्जालमाथि अनुसन्धान तीव्र

थारु एक्सप्रेस

पर्साको दोस्रो थारु औषधी बजार प्रतिनिधिको पिकअपको ठक्करले मृत्यु….

थारु एक्सप्रेस