पर्सा ५ / आउ मिलि सहयोग गरौ नामक सस्थाले आफ्नो फेरि अर्को भारी सहभागीको साथ निशुल्क स्वास्थ्य शिविर सम्पन गरेको छ। सस्थाले भकरै केही दिन अगाडि जिल्ला स्तरीय हाजिरी जबाफ प्रतियोगिता सम्पन गरेको थियोे। त्यस कार्यक्रम बाट निकै नै सकारात्मक प्रतिक्रिया र सस्थालाइ मनोबल बढनुको साथै समाजमा यस्ता यस्ता अति आवश्यक भएकोले सस्थाका अध्यक्ष लिलाराज चौधरीले बताउनु भएको हो। कार्यक्रममा सभापति सस्थाका अध्यक्ष लिलाराज चौधरी,कर्मैया गाउपालिका अध्यक्ष शम्भु प्रसाद यादव,बारागढी गाउपालिका अध्यक्ष अशोक जैसवाल,कर्मैया गाउपालिका उपमेयर सुनैना चौधरी कार्यक्रम सलाहकार अमोद चौधरी बारागढी गाउपालिका लेखापाल अजय चौधरी डा:राजेन्द्र चौधरी लगायत स्थानीयहरु को उपस्थिति रहेको थियोे। कार्यक्रमको सुभाराम्भ कर्मैया गा.पा.अध्यक्ष सम्भु प्रसाद यादव,बारागढी गा.पा.अध्यक्ष अशोक जैसवाल र उपमेयर सुनैना चौधरीले रिबिन काटेर गर्नु भएको थियो। कार्यक्रममा आँखा,नाक,कान,घाडी हडी,पेट,र स्त्रीरोग लगायत एक हजार भन्दा बढी जनाको चेकप गर्नुको साथै निशुल्क औषधी पनि वितरण गरिएको थियो।
प्रतिक्रिया लेख्नुहोस
