TharuExpress
मुख्य समाचार समाज स्थानिय

अहोराती काम गरी सेवा गर्ने उद्योग ;आपूर्ति मन्त्री रामेश रिजालको भनाई

सेढवा ९  सावन/   आम नेपाली नागरिकका सेवक भएकाले उनीहरुको सेवाका लागि अहोराती पनि काम गरी सेवा गर्ने उद्योग , बाणिज्य तथा आपूर्ति मन्त्री रामेश रिजालले बताएका छन। जिराभवानी गाँउपालिका वडा नं १ भवानीपुरका सामूदायिक भवनको उद्घाटन गर्दै मन्त्री रिजालले बताएका छन।
पर्सा जिल्लाका बिकासका लागि संघिय सरकारले ठूला ठूला आयोजनाहरु कार्यन्वन गरिरहेको मन्त्री रिजालले बताए। आफू निर्वाचित यस क्षेत्रका ३२ वटै वडाका आमनागरिकहरुसंग भेटघाट गर्ने, समस्याहरुको तथ्याङ्क संकलन गरी संघिय सरकारले ती समस्याहरुको सामाधान हुने गरी काम गर्ने मन्त्री रिजालले बताए।
जिराभवानी गाँउपालिकाको आयोजनामा भएको कार्यक्रममा प्रदेश सांसद शकर प्रसाद चौधरी, वडाध्यक्ष दारा सिंह राउत थारु लगायतले मन्तव्य व्यक्त गरेका थिए। गाँउपालिका अध्यक्ष अनोज चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काग्रेसका प्रदेश महामन्त्री बृष्पति कृष्ण श्रेष्ठ, रमेश पाण्डे, जगरनाथपुर गापाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, जिराभवानी गापाका उपाध्यक्ष रेखा चौधरी लगायतको सहभागिता रहेका थिए। सो सामूदायिक भवन प्रदेश सांसद शकर प्रसाद चौधरीको संसदीय बिकास कार्यक्रमबाट निर्माण गरिएका थिए। सो कार्यक्रममा बिपी कोइरालाको जन्मजन्यतीको अवसरमा बृक्षारोपण समेत गरिएक थिए। यसका साथै मन्त्री रिजालले जिराभवानी गाँउपालिकाका पाचै वटा वडाहरुमा नेपाली काग्रेसका कार्यकर्ता भेटघाट कार्यक्रम तथा नागरिक अभिन्दन कार्यक्रम सम्पन्न गरेका छन। कार्यक्रमका संचालन कार्यपालिका सदस्य सरोज चौरसियाले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस

Related posts

उपकार सेवा नेपाल द्वारा बिध्यालेको  आवश्यकतालाई मध्यनजर गर्दै  ८ थान सिलिङ्ग पंखा  वितरण

थारु एक्सप्रेस

आठ वर्षदेखि अलपत्र घोडेमसान सिँचाइ आयोजना : किसानकै प्रयासमा खेतमा पानी

थारु एक्सप्रेस

अन्तराष्ट्रिय महिला दिवशको अवसरमा सुत्केरी सहायता प्रदान

थारु एक्सप्रेस