TharuExpress
मुख्य समाचार

थारू कल्याणकारिणी सभा ८ औ जिल्ला अधिवेसन सम्पन

 

पर्सा, चैत १९  गते । थारू कल्याणकारिणी सभा (थाकस) ८ औ जिल्ला अधिवेसन सम्पन भएको छ l जिल्ला सभापतिमा रामेश्वरप्रसाद महतो थारु निर्वाचित हुनुभएको छ । हिजो शनिबार भएको जिल्लाको आठौं अधिवेशनले उहाँलाई सभापतिमा निर्वाचित गरेको हो ।

अधिवेशनको उदघाटन थाकसका महामन्त्री प्रेमीलाल चौधरीले गर्नुभएको थियो । सो अवसरमा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो धारणा राख्नुभएको थियो । अधिवेशनले थाकस पर्साको वरिष्ठ उपाध्यक्षमा भागवतप्रसाद थारू, उपाध्यक्षमा गौतम महतो थारु, महिला उपाध्यक्षमा अर्चना चौधरी, कोषाध्यक्षमा राजूदास थारू, सचिवमा मनोज चौधरी, सहसचिवमा वैजनाथ महतो थारु सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

content left

अधिवेशनले सदस्यहरुको चयन पनि सर्वसम्मतले गरेको अध्यक्ष महतो थारुले बताउनुभयो । उहाँ यसअघि पनि अध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

कर्फ्युको कारण पर्साको वीरगंजमा पूर्ण  प्रभाव

थारु एक्सप्रेस

पर्साको जिराभवानी गापाका सामुदायिक विद्यालयप्रति अभिभावकहरु आकर्षितहुँदै

थारु एक्सप्रेस

नेपाल हिन्द रेडियो स्रोतासंघ परिवार द्वरा होली मिलन समाहारोह कार्यक्रम भब्य रुपमा सम्पन

थारु एक्सप्रेस