TharuExpress
स्वास्थ्य

स्वास्थ्य बीमाको औषधि सूचीबाट १८७ प्रकारका औषधि हटाइयो

वीरगञ्ज , श्रावण २७

सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूचीमा व्यापक परिमार्जन गर्दै बीमाको सुविधा थैलीबाट १८७ प्रकारका औषधि हटाएको छ।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार यसअघि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत १ हजार २८९ प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए। नयाँ व्यवस्थाअनुसार १८७ प्रकारका औषधि सूचीबाट हटाइएपछि अब बीमा कार्यक्रममार्फत १ हजार १०२ प्रकारका औषधि मात्र उपलब्ध हुनेछन्।

content left

बोर्डको असार ३० गते बसेको बैठकबाट स्वीकृत भएको उक्त निर्णय साउन ५ गतेदेखि कार्यान्वयनमा आएको हो।

बोर्डका अनुसार एउटै प्रकृतिको उपचारमा प्रयोग हुने औषधिको दोहोरोपन हटाउने उद्देश्यले सूची पुनरावलोकन गरिएको हो। त्यस्तै, सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क उपलब्ध गराउने औषधिलाई स्वास्थ्य बीमाको सूचीबाट अलग गरिएको छ।

नेपालमा प्रयोगमा नरहेका तथा नियामक निकायबाट खारेज गरिएका औषधिसमेत नयाँ सूचीबाट हटाइएको बोर्डले जनाएको छ।

औषधिको संख्या घटाइए पनि यसबाट बीमित नागरिकको उपचारमा प्रत्यक्ष नकारात्मक प्रभाव नपर्ने बोर्डको दाबी छ। सूचीबाट हटाइएका औषधिको विकल्पमा उपलब्ध वैकल्पिक औषधिबाट उपचार व्यवस्थापन गर्न सकिने बोर्डले स्पष्ट पारेको छ।

बोर्डका अनुसार औषधिको सूचीलाई समयानुकूल बनाउँदै उपचारमा आवश्यक तथा प्रभावकारी औषधिको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले पुनरावलोकन गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस

Related posts

शनिबार खुल्ला रगतदान कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटे

थारु एक्सप्रेस

उपकार सेवा नेपाल द्वारा बिध्यालेको  आवश्यकतालाई मध्यनजर गर्दै  ८ थान सिलिङ्ग पंखा  वितरण

थारु एक्सप्रेस