TharuExpress
मुख्य समाचार समाज स्वास्थ्य

स्वमसेविका दिवसको अवसरमा सखुवाप्रसौनी गाउँपालिकामा प्रतियोगिता गरि दिवस मनाए

 

१९ पर्सा आर .के चौधरी / पर्साको   सखुवाप्रसौनी गाउँपालिका अन्तर्गतमा रहेका स्वास्थ्य चौकीहरु मा रहेका स्वास्थ्यकर्मी,स्वाम सेविकाहरुले १९ औ महिला सामुदायिक स्वास्थ्य स्वम सेविका दिवसको अवसरमा सखुवाप्रसौनी गाउँपालिका स्वास्थ्य शाखाले सोमबार रैली निकाली हाजरी जवाफ प्रतियोगिता गरेका थिए।सखुवाप्रसैनी गाउँपालिकाको वडा २ को स्वास्थ्य चौकीबाट निकालेको रैली वरिपरिका गाउँ टोलम परिक्रमा गरि श्री दिपनरायण अदर्श नमुना माध्यमिक विधालयको सभा हल मा वडा १ देखि ६ सम्मका स्वास्थ्य चौकीहरुमा रहेका स्वम सेविकाहरु बिची वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरि दिवस मनाएका थिए ।प्रथम हुने समुहलाई रु.५०००/- दोस्रो हुनेलाई रु.४०००/- तेस्रो हुनेलाई रु.३०००/- पुरस्कारको व्यवस्था गरेको थियो।महिला स्वाम सेविकाहरुलाई सोही अवसरमा प्रोत्साहन गर्न गाउँपालिकाले बेग,छाता र टर्चको व्यवस्था गरेको स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले जनकारी गराउनु भएको छ।प्रतियोगितामा बिजय प्रप्त गरेका समुहलाई नगद पुरस्कार संगै स्वाम सेविकाहरुलाई बेग,छाता र टर्च गाउँपालिका अध्यक्ष जसवन्त यादवले बितरण गर्नु भए थियो।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

थारु कल्याण कारिणी पर्सा द्वरा ज्ञापन पत्र….

थारु एक्सप्रेस

घण्टाघर चोकमा आयोजना गरिएको रक्तदानमा ६२ पोका रगत संकलन

थारु एक्सप्रेस

प्रदेश सभा सद्स्य पदको स्वतन्त्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा आज तेस्रो दिन मोटरसाइकल रैली कार्यक्रम

थारु एक्सप्रेस