TharuExpress
समाचार

पत्रकारमाथि दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ पर्साको आपत्ति

वीरगञ्ज, पुस १ ।
पर्सा जिल्लाबाट प्रकाशित हुँदै आएको फेमस नेपाल सन्देश साप्ताहिकका प्रकाशक शैलेश साह कानुमाथि समाचार संकलनको क्रममा दुव्र्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ पर्सा शाखाले गम्भीर आपत्ति जनाएको छ।

नेपाल पत्रकार महासंघ पर्साले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा पर्साको जिराभवानी गाउँपालिकाका केही कर्मचारीहरूले समाचार संकलनमा गएका सञ्चारकर्मी साहमाथि अभद्र व्यवहार गरेको भन्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले सञ्चारकर्मीमाथि भएको दुव्र्यवहारको कडा भर्त्सना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि अविलम्ब कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै नागरिकको सुसूचित हुने अधिकारको रक्षाका लागि सञ्चारकर्मी तथा समग्र सञ्चार क्षेत्रको सुरक्षामा संवेदनशील बन्न सरोकारवाला सबै पक्षलाई आग्रह गरिएको छ।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

दुग्धेश्वर धामको बिकशका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

जिराभवानी मन्दिरको सार्वजनिक शौचालय जीर्ण, दर्शनार्थीलाई सास्ती

थारु एक्सप्रेस

भारतबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको फर्जी मतपत्रसहित एक भारतीय पक्राउ

थारु एक्सप्रेस