TharuExpress
समाचार

पर्सामा १७६ केजी गाँजासहित पिकअप र चालक पक्राउ

वीरगन्ज, १पुष।
पर्सा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक पिकअप गाडी र त्यसका चालकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले मिति २०८१/०८/२९ गते राति करिब १० बजे वीरगन्ज महानगरपालिका–१७ कोनियास्थित सामुदायिक अस्पताल अलौबाट कोनियातर्फ जाने ग्राभेल सडकखण्डमा चेकजाँचका क्रममा बा.१२ च ७५५५ नम्बरको पिकअप गाडी रोकेको थियो।

चेकजाँच गर्दा गाडीको पछाडीतर्फ प्लास्टिकको बोरा र परालले छोपेर लुकाइ राखिएको अवस्थामा १२ पोकामा १७६ केजी लागू औषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त गाडी र चालक जिल्ला रामेछाप खाँडादेवी गाउँपालिका–१ निवासी वर्ष २८ का सुब्बास श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

content left

प्रहरीका अनुसार बरामद लागू औषध, गाडी र पक्राउ परेका व्यक्तिसहित आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्साको क्षेत्र नम्बर १ को (ख) मा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले निरन्तर घरदैलोमा

थारु एक्सप्रेस

पढाईको साथ साथै सैद्धान्तिक सिप र ब्यवहारिक ज्ञान सिकाउदै रोयल एकेडमी

थारु एक्सप्रेस

विहेस्थलबाट पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा

थारु एक्सप्रेस