TharuExpress
समाचार

भारतबाट तस्करी गरि ल्याइएको २ करोड बढीको एयर बड्स सशस्त्र प्रहरीद्वारा बरामद

बिरगंज , भदौ २०
महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार बिहान २ करोड बढीको एयर बड्स सशस्त्र प्रहरीले बरामद गरेको छ। भारतबाट भन्सार राजस्व छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १२ हजार थान एयर बड्स सशस्त्र प्रहरीले बरामद गरेको हो। बरामद भएको एयर बड्सको मूल्य २ करोड ४० लाख रुपैयाँ रहेको छ।

 

 

सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीबाट सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र बहादुर कार्की, सीमा सुरक्षा गुल्म रघुनाथपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश दत्त पाण्डे र बोर्डर आउट पोष्ट खैरवनीबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण गिरीको टोलीले एयर बड्स बरामद गरेको हो।

 

उक्त एयर बड्स ल्याउने व्यक्ति सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ फरार भएका थिए। बरामद गरिएको एयर बड्स सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको शसस्त्र प्रहरीले जनाएको छ।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

जिरा भवानी गाउपालिका द्वारा निशुल्क स्वास्थ शिविर प्रकिक्षण सम्पन्न …

थारु एक्सप्रेस

थारु गीत “नैना निहारे “को पहिलो लूक सार्वजनिक …

थारु एक्सप्रेस

पर्सा क्षेत्र नम्बर ४ (क) को प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार शंकर चौधरी निर्वाचित

थारु एक्सप्रेस